Kanakai Online

झापा गाउँपालिका अध्यक्ष साहद्वारा क्षेत्र नं-४ सभापतिको उम्मेदवारी घोषणा


मङ्गलवार, कार्तिक ३०, २०७८ |

सुरुङ्गा,कार्तिक ३०।नेपाली काँग्रेसका नेता जयनारायण साहले झापा क्षेत्र नम्बर ४ का लागि सभापतिको उम्मेदवारी घोषणा गरेका छन।मंगलबार सुरुङ्गामा आयोजित काँग्रेस भेलामा साहले उम्मेदवारी घोषणा गरेका हुन।

कनकाई नगर सभापती दुर्गा प्रसाईको सभापतित्व र पुर्व क्षेत्रीय सभापति तथा झापा जिल्ला सभापतिका उम्मेदवार देउमान थेवेको प्रमुख आतिथ्यतामा भएको उम्मेदवारी घोषणा कार्यक्रममा साहले उम्मेदवारी घोषणा गर्दै जनताको पक्षमा सदैब लाग्ने प्रतिबद्दता व्यक्त गरे। हाल झापा गाउँपालिकाका प्रमुख समेत रहेका साहले आफ्नो कार्याकालमा झापा गाउँपालिकाले मुहार फेरेको दाबी गर्दै जनताले आफुलाई बिश्वास गरेको बताए।´नेपालमै झापा गाउँपालिकामा सर्वाधिक कालो पत्रे भएको छ,कार्यकर्ताको सहयोग र जनताको समर्थनमा मात्र यो सम्भव भएको हो` उनले भने।

कार्यकर्ताको समर्थनमै मैले उम्मेदवारीको घोषणा गरेको हुँ भन्दै साहले सम्पुर्ण कार्यकर्तालाई मत दिन समेत आग्रह गरे। कार्यक्रममा प्रमुख अतिथी रहेका थेबेले साहको पक्षमा कार्यकर्ता सँग भोटको अपील समेत गरेका थिए।

नेपाली काँग्रेसको जारी अधिबेशनमा हालसम्म नेपाली काँग्रेस झापा क्षेत्र नं-४ बाट साह र नारायण बजगाईको सभापतिका लागि उम्मेदवारी परेको छ।बजगाई शिवसताक्षीका हुन।

सम्बन्धित खबर