Kanakai Online

झापा गाउँपालिकाको नेपाल-भारत सीमा क्षेत्र अझै सहज हुन सकेन


आइतवार, कार्तिक २८, २०७८ |

झापा,कार्तिक २८।कोरोना महामारीको कारण विगत डेढ वर्षदेखि औपचारिक रुपमा बन्द रहेको नेपाल-भारत सीमा क्षेत्र सरकारले खोल्ने निर्णय गरेपनि हालसम्म झापा गाउँपालिकाको सीमा क्षेत्रमा सहज आवातजावत हुन सकेको छैन।

गत असोज ५ गते मंगलबार बसेको मन्त्रीपरिषद बैठकको नेपाल-भारत सीमा नाका पुर्ण रुपमा खुला गर्ने निर्णयानुसार झापाका काकड्भिट्टा,भद्रपुर लगायत मुख्य नाका खुल्ला भएपनि झापा गाउँपालिका सिमा क्षेत्रको नाका अझै खुल्न सकेको छैन। अहिले पनि झापा गाउँपालिका र भारतको बिहार दिघलबैंक सिमा क्षेत्र बन्द नै रहेको छ।सिधा मुल बाटो बन्द रहेपनि हिलोमा खुट्टा गाडेर,पानी र आलिको बाटो कष्टकर तरिकाले भने सर्वसाधारण आवातजावत गरेका छन।यहाँ एक छोटी भन्सार कार्यालय भएता पनि सिमाक्षेत्र आवातजावतमा बाधा भएकोले बिगत एक बर्षदेखी सम्भाव्यत हुदाँहुदै पनि काम बिहिन भएर बसेको छ।

झापाका अन्य नाकाहरु सरकारको प्राथमिकतामा रहेतापनि यहाँको सिमा क्षेत्र भने प्राथमिकतामा पर्न सकेको छैन।सिधा र सहज बाटो हुँदाहुँदै पनि भारतको बिहार स्थित दिघलबैंक बजार जाने नेपालीहरु हिलो र पानी तर्दै लुकिछिपी हिड्नु पर्ने बाध्यता रहेको स्थानीयले बताएका छन।´हामीलाई नुन,तेल,चिनी लगायत खाद्यान्न सामान ल्याउन समेत असहज भएको छ झापा-४ का शन्ते राजबंशीले बताए ´भारतीय बजारमा सामान सस्तो पाउने आसामा जानुपर्ने बध्यता छ,तर सरकारले सबै तिर नाका खुल्ला गर्यो तर यहाँ अहिले सम्म खुल्ला गरेको छैन, धेरै असज भएको छ उनले भने।

सिमा क्षेत्र खुल्ला होला भनेर म सिधा बाटो दिघलबैंक जान खोजेको थिए तर सुरक्षाकर्मीले जान दिएनन स्थानीय झापा-१ रसुनगञ्जका बिबेक यादवले बताए ´भारतिय सुरक्षाकर्मीले जानुस खुल्यो भनेपनि नेपाली सुरक्षाकर्मीले जान नदिएको उनले गुनासो गरे।

यता स्थानीय सुरक्षाकर्मीले सिमा क्षेत्र खुल्ला गर्ने बिषयमा हाल सम्म पनि कुनै आदेश नआएको बताएका छन।

सम्बन्धित खबर