झापा , २८ कात्तिक-झापा गाउँपालिकाले यही कात्तिक २९ गते हरिबोधिनी एकादशीका दिन सार्वजनिक बिदा दिएको छ ।गाउँपालिकाले बिगत वर्षझैँ स्थानीय बिदा दिने कार्यालयको कार्तिक २८ को निर्णय बमोजिम उक्त दिन बिदा दिने निर्णय गरेको हो ।
गाउँपालिका र गाउँपालिका अन्तर्गतका सम्पूर्ण वडा कार्यालयहरु ,विषयगत शाखाहरु साथै सामुदायीक विद्यालयहरुमा बिदा दिइएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत खेमराज थापाले जानकारी दिनुभयो ।