Kanakai Online

एमाले – क्षेत्र नम्बर ४ बाट छानिए महाधिवेशन प्रतिनिधि


आइतवार, कार्तिक २८, २०७८ |

शरणामती,कार्तिक २८।नेकपा एमालेको झापा क्षेत्र नम्बर ४ बाट दशौं राष्ट्रिय महाधिवेशन प्रतिनिधि खुल्ला तर्फ ६ जना निर्वाचित भएका छन।जम्मा १७ जनाको उम्मेदवारी परेकोमा हिजो शनिवार भएको निर्वाचनमा ६ जना छानिएका हुन।

प्रतिनिधी निर्वाचनमा क्रमस राजेन्द्र कुमार पोखरेल(१७०४ मत),धनबहादुर थेवे(१५३२ मत),चन्द्रकुमार (भक्तबहादुर) सेर्मा(१४६२ मत),राधाकृष्ण खनाल(१४०० मत),खेमनाथ मिश्र(१३४० मत) र भैरब कुमार श्रेष्ठ (१३०२ मत) ल्याएर उत्कृष्ट छ भित्र पर्न सफल भएका छन।चुनिएका यिनै छ प्रतिनिधीहरु नेकपा एमालेको दशौं महाधिवेशनमा भाग लिन पाउने मोहन पोखरेलले बताए।

त्यस्तै महिला तर्फ ३ जना निर्वाचित भएका छन।जम्मा ५ जनाको उम्मेदवारी परेकोमा निर्वाचनबाट तीन जना छानिएका हुन।निर्वाचित हुनेमा क्रमस प्रथम अमृता राई,दित्तिय चम्फा सुबेदी र त्रीतिय इन्दिरा बस्नेत रहेको युवा नेता मनोज ताम्लीले जानकारी दिए।

फोटो-झापा गाउँपालिकाको प्रतिनिधि छनौट निर्वाचन स्थल जनता मावि

सम्बन्धित खबर