झापा,कार्तिक २२।झापा गाउँपालिका-२ को सडकबारीमा जारी खुल्ला नकाउट फुटबल प्रतियोगितामा आज सोमबार दुई खेल हुने भएको छ।
जोरमाई युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा पहिलो खेल दिउँसो १ बजे कनकाई र आयोजक बिच हुने क्लबका अध्यक्ष बाबुराम लिम्बुले बताए।त्यस्तै दोस्रो खेल सयपत्री युवा क्लब अर्जुनधारा र जलथल फुटबल क्लब बिच हुने भएको छ।
प्रतियोगितामा प्रथम विजेता टिमलाई ५०,९९९ नगद , ट्रफी , मेडल, उपविजेता टिमलाई ३०,९९९ नगद , ट्रफी र मेडल प्रदान गरिने लिम्बुले बताए । प्रतियोगितामा बेस्ट प्लेयर , हाईस्कोरर , बेस्ट किपर र म्यान अफ द म्याचले समेत ट्रफी पाउनेछ्न।प्रतियोगितामा जिल्लाका आठ टिमले सहभागीता जनाएका छन।


