Kanakai Online

पुल छ बाटो छैन


मङ्गलवार, कार्तिक १६, २०७८ |

केशब चापागाई

रसुनगञ्ज,कार्तिक १६।स्वभाविक रुपमा हामी पुल भन्ने बित्तीकै बाटोमा खोला तर्नका लागि बनाइएको भन्ने बुझ्छौ।तर झापाको झापा गाउँपालिका-१ रसुनगञ्जमा यसको ठिक उल्टो भएको छ।यहाँको सानोमाईमा पुल निर्माण सम्पन्न भएको छ तर पुल पारी जाने बित्तिकै खेतमा पुगिन्छ बाटो नै छैन।मतलब यहाँ बाटो भन्दा पहिले पुल बनाइएको छ अहिले बाटोको निकास खोजिदैछ।

रसुनगञ्ज देखि सालमारा,मिलनबस्तीलाई जोड्ने यो बाटोमा रसुनगञ्ज पारी पुल तर्ने बित्तिकै करिव ५० मिटर बाटो नै भेटिदैन।यहाँका जग्गाधनीले जोतभोग गरिरहेका छन।त्यस भन्दा पर फेरी सालामारा र मिलानाबस्ती जाने बाटो भेटिन्छ । पुलदेखी तल झर्ने वित्तिकै बाटो भेटिदैन ।  बाटो बनाएर आउजाउ नगरून् भनेर ढाँट समेत लगाइएको छ।यहाँका उपभोक्ताको नम्बरी जग्गामा पुल परेकाले बाटो एकातिर र पुल अर्कातिर भएकाले विवाद उत्पन्न भएर बाटो नबनेको स्थानीय जानकार बताउछ। 

खोलामा पुल बन्यो सुविधा त भयो तर पुल ओर्लंदा बाटो छैन स्थानीय विजय कुमार यादवले बताए ´ नम्बरी जग्गा कता छ कता पुल बनाउनु पर्ने हो नेताहरूले जान्नु पर्थ्यो ।अहिले जग्गावालाले बाटो बनाउन रोकिरहेका छन हामीलाई असहज भएको छ उनले भने।पुल पारी स्थानीय हरदीप यादव र बासुदेव यादव को जग्गा भएको स्थानीय बताउछन।

यता यस विषयमा वडाध्यक्ष राजकुमार यादवले पुल पारी रहेको जग्गामा पहिले खोला कुद्ने गरेको बताए।´पुल बनाउँदा कसैले मेरो भनेर भनेन,जब पुल निर्माणाधीन अवस्थामा भयो तब आफ्ना-आफ्ना जग्गा नाप्न थालियो ,नापेपछि पुल नम्बरी जग्गामा पर्यो ` उनले भने।पुल निर्माणको ५०% काम सकिएपछि पुल बाट ओर्लिने जग्गा नम्बरी परेको भन्दै जग्गाधनीले छोड्न मानेनन।तर अहिले जग्गाधनी संग सहमतीको प्रयास भइरहेको छ उनीहरुले मानेका पनि छन।हामी चाडै सहमती जुटाएर बाटो खोल्छौ यादवले बताए।

रसुनगञ्जको सानोमाईमा बनाइएको यो पुलको कुल लागत ३ करोड ५९ लाख रहेको छ।केएम समता जेभीले दुई बर्षको सम्झौतामा त्यस भन्दा अगावै पुल निर्माण सम्पन्न गरेको थियो।

सम्बन्धित खबर