केशब चापागाईं
रसुनगञ्ज,कार्तिक १५।झापाको झापा गाउँपालिका-१ स्थित रसुनगञ्जका किसानले लगाएको आलु खेती बेमौसमी पानीले सखाप बनाएको छ।
असोज अन्तिम देखि कार्तिक पहिलो साता सम्म हावाहुरी सहित आएको मनसुनी बर्षातले आलु खेती सखाप पारेको स्थानिय शशीकान्त यादवले बताए।रसुनगञ्ज आसपासका किसानले करिव एक सय बिघाह क्षेत्रफलमा लगाइएको आलु खेती पानीले बिगारेको उनले बताए।´पानी आउँछ भन्ने थाहा भएन,प्रत्येक बर्ष यही समयमा आलु लगाउथ्यौं यादवले भने।
अर्का किसान मंगलेस मियाँले समेत १५ कठ्ठामा लगाएको आलुखेती पानीले सखाप बनाएको बताए।यता स्थानिय रामलाल यादवले आलुको क्षती र धानको क्षतीको बिबरण वडाकार्यालयमा टिपाएको बताए।´राहत आउँछ कि आउदैन,अहिले सम्म चाहिँ आएको छैन` उनले भने।
आलु खेती गर्ने यी त प्रतिनिधि किसान मात्र हुन।यहाँका सबै किसानले लगाएको आलुलाई बाढी र पानीले क्षती गरेको छ।बेमौसमी बर्षात भएपछी आलुका ड्याङ समेत पुरिएर समथर जमिन भएको छ।सबै आलु कुहिएर सकिएका छन।आलुको बीउ र श्रम गरेर यहाँका किसानको लाखौंको क्षती भएको शशीकान्त बताउछन।
भारतको बिहार संग सिमाना जोडिएको यो गाउँका किसानको सानोमाई र ठुलो माई नदीको बिचमा खेती योग्य जमिन रहेको छ।जुन जमिननै जिविकोपार्जन गर्ने माध्यम हो।तर पानी र बाढी आउने बित्तिकै यो क्षेत्र जलमग्न हुने गर्छ।