Kanakai Online

झापा गाउँपालिका एमाले- उपाध्यक्षमा राजबंशी सर्वसम्मत


सोमवार, कार्तिक १५, २०७८ |

शरणामती,कार्तिक १५।झापा गाउँपालिकामा जारी नेकपा एमालेको पालिका अधिवेशनले उपाध्यक्षको टुङ्गो लगाएको छ।अधिवेशनले गौरीशंकर राजबंशीलाई नयाँ कार्यसमितिको उपाध्यक्ष पदमा सर्वसम्मत चयन गरेको छ।

आज सोमबार बसेको एमाले भेलाले राजबंशीलाई उपाध्यक्षमा सर्वसम्मत चयन गरेको निर्वाचन मण्डलीका सदस्य मोहन पोखरेलले कनकाई अनलाइनलाई बताए।उपाध्यक्षका जम्मा ४ आकांक्षी चन्द्र प्रसाद पाठक,कल्पना राई,गौरी संकर राजबंशी र अम्बिका भण्डारी मध्येबाट राजबंशीलाई सर्वसम्मत नेतृत्वको जिम्मा दिइएको उनले बताए।

एमालेको झापा गाउँपालिका कमिटीमा शीर्ष ४ पदमा ५ जनाका  लागी १७ जनाको उम्मेदवारी परेको छ ।जसमा अध्यक्षमा उम्मेदवारी दर्ता गराएका सुब्रतचन्द्र राईले मनोज ताम्ली लिम्बुलाई समर्थन गर्दै आफ्नो उम्मेदवारी फिर्ता लिइसकेका छन् ।अहिले अध्यक्षका लागी गजेन्द्र ताम्ली लिम्बु,मनोज ताम्ली लिम्बू,रंगलाल दाहाल र जयप्रसाद सेडाई ४ जनाको दावेदारी कायमै रहेको छ ।त्यस्तै सचिवका लागी मोहन प्रसाद ओली,माधव प्रसाद पोखरेल र भिम बहादुर रिजाल ३ जनाको उम्मेदवारी कायमै रहेको छ भने उपसचिवका लागी ५ जनाले उम्मेदवारी दर्ता गरेकामा दुई जना देबीमाया कोइराला र साजेमान सेख सर्वसम्मत भैसकेका छन भने उपाध्यक्षमा राजबंशी चुनिसकेका छन ।

झापा गाउँपालिकामा एमालेका सक्रिय कार्यकर्ता ९३८ जना रहेका छन् ।

सम्बन्धित खबर