शरणामती,कार्तिक ११।झापा गाउँपालिका नेकपा एमालेको पालिका अधिवेशन अन्तर्गत नयाँ कार्यसमितिमा नेतृत्व गर्न इच्छुक बढेपछी सहमती हुन सकेको छैन।समय थप गर्दै स्थगित भएको अधिवेशनमा सर्वसम्मतको प्रयास जारी रहेको एमाले नेताहरुले बताएका छन।
नेतृत्व छनौटकै सन्दर्भमा आज बिहिबार बसेको एमाले भेलामा अध्यक्ष पदका ५ जना आकांक्षी मध्ये एक जना सुब्रतचन्द्र राईले उम्मेदवारी फिर्ता लिएका छन।अध्यक्षका आकांक्षी मनोज ताम्ली लिम्बूलाई समर्थन गर्दै आफुले उम्मेदवारी फिर्ता लिएको राइले बताएका छन्।
राईले उम्मेदवारी फिर्ता लिएपछी ४ जना गजेन्द्र ताम्ली लिम्बू,रंगलाल दाहाल,जयप्रसाद सेडाई र मनोज ताम्ली लिम्बुको भने अध्यक्ष पदका लागि दाबेदारी यथावत रहेको छ।यद्वपी भोलि सुक्रवार समेत सहमतिको प्रयास गरिने निर्वाचन मण्डलीले जनाएको छ।सहमती हुन सकेन भने निर्वाचन प्रकृयामा जानेछ।
झापा गाउँपालिकामा एमालेका जम्मा सक्रिय कार्यकर्ता ९३८ जना रहेका छन।