Kanakai Online

एमाले पालिका अधिवेशन – झापा गाउँपालिकामा अध्यक्षमा ५ जना र उपाध्यक्षमा ४ जनाको दाबी


मङ्गलवार, कार्तिक ९, २०७८ |

शरणामती,कार्तिक ९। नेकपा एमालेको दशौँ महाधिवेशन अन्तर्गत आज मंगलबार देशै भरका पालिकाहरूमा पालिका अधिवेशन सुरु भएको छ।यसै बिच झापाको झापा गाउँपालिकामा समेत पालिका अधिवेशन भएको छ।झापा गाउँपालिका गजेन्द्र ताम्ली लिम्बुको अध्यक्षतामा गठित समिति अधिवेशनको खुल्ला सत्रमा बिघठन भए सँगै नयाँ कार्यसमिति चयनका लागि एमालेको भेला कसरतमा जुटेको छ।

झापा गाउँपालिका कमिटीका लागि नयाँ कार्यसमितिमा ५ जनाले अध्यक्षका लागि दाबी पेश गरेका छन।अध्यक्षको दाबी पेश गर्ने हरुमा रंगलाल दाहाल,गजेन्द्र ताम्ली लिम्बू,मनोज ताम्ली लिम्बू,जय प्रसाद सेडाईं र सुब्रत चन्द्र राई रहेका छन।त्यस्तै उपाध्यक्षमा चन्द्र प्रसाद पाठक,कल्पना राई,गौरी संकर राजबंशी र अम्बिका भण्डारी गरेर ४ जनाले दाबी पेश गरेका छन।

कमिटी गठनको शीर्ष पदमा धेरै जनाको दाबी आएपछि कार्तिक ११ गते ५ बजे सम्म सहमतिमै कमिटी गठनको प्रयास गरिने निर्वाचन अधिकृत भक्त बहादुर बानियाँले बताए।´हाम्रो भोलि पनि  बैठक बस्छ,११ गते सम्म सहमतिको प्रयास गर्छौ,सहमती जुटेन भने १२ गतेको बैठकले निर्वाचनमा जाने निर्णय गर्छ’ उनले भने।

झापा गाउँपालिकामा एमालेको पालिका अधिवेशनमा गजेन्द्र ताम्लीको अध्यक्षता र प्रदेश कमिटी सदस्य तथा झापा क्षेत्र नं-४ का प्रतिनिधि सभा सदस्य एलपी सावाँ लिम्बुको प्रमुख आतिथ्यता रहेको थियो।

सम्बन्धित खबर