Kanakai Online

एमाले वडा अधिवेशन – झापा गाउँपालिकामा सात वटै वडा सर्वसम्मत


सोमवार, कार्तिक ८, २०७८ |

शरणामती, ,कार्तिक ८- नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दशौँ महाधिवेशन अन्तर्गत झापाको झापा गाउँपालिकाका ७ वटै वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ।शनिवार भएको वडा अधिवेशनमा ६ वटा वडा सर्वसम्मत भएपनि एउटा वडामा भने सर्वसम्मतको प्रयास जारी रहेको थियो ।

शनिवार पालिकाका वडा १,२,३,४,५ र ७ मा सर्वसम्मत वडा कमिटी गठन भएको थियो ।वडा नम्बर ६ मा भने अरु पदमा सर्वसम्मत भएता पनि अध्यक्षमा सहमति हुन सकेको थिएन।आज सोमबार सहमती जुटेर दुर्गाबहादुर पौडेल अध्यक्षमा सर्वसम्मत भएको नव नियुक्त सचिव मोहन पोखरेलले बताए ।

यता वडा नम्बर १ मा घनश्याम गणेशको अध्यक्षतामा वडा कमिटी सर्वसम्मत चयन भएको पालिकाका कमिटी अध्यक्ष गजेन्द्र ताम्लीले जानकारी दिए।त्यस्तै २ मा ज्ञाननाथ सुबेदीको अध्यक्षतामा सर्वसम्मत वडा कमिटी चयन भएको छ।

वडा ३ मा राम प्रसाद उप्रेतीको अध्यक्षतामा सर्वसम्मत वडा कमिटी गठन भएको झापा गाउँपालिका संगठन बिभाग सचिव साजेमान सेखले बताए।त्यस्तै वडा ४,५ र ७ मा समेत क्रमश साफिक अन्सारी, मह्मद अन्सारी र तारा उप्रेतीको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएका छन।

एमालेको विधान महाधिवेशनबाट पारित विधानअनुसार गाउँ र नगरमा वडा अधिवेशनबाट ३१ सदस्यीय कमिटी बनेका छन् । उपमहानगरका वडामा ४१ र महानगरका वडामा ५१ सदस्यीय कमिटी हुने विधानमा छ । विधानअनुसार वडामा अध्यक्ष, उपाध्यक्ष र सचिव एक–एक तथा दुई उपसचिव रहेको कमिटी हुन्छ ।देश भरका ६ हजार ७ सय ४३ वडामा २ लाख ९ हजार कार्यकर्ता संगठित हुनेछन् । स्थानीय चुनावका लागि एमालेको यो सबैभन्दा ठूलो शक्ति हुनेछ ।

सम्बन्धित खबर