Kanakai Online

एमाले वडा आधिवेशन-झापा गाउँपालिका ६ वडा सर्वसम्मत एक वडामा छलफल जारी


शनिवार, कार्तिक ६, २०७८ |

शरणामती,कार्तिक ६।नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दशौँ महाधिवेशन अन्तर्गत झापाको झापा गाउँपालिकाका ७ वटै वडामा वडा अधिवेशन सुरु भएको छ।आज शनिवार देखि सुरु भएको वडा अधिवेशनमा ६ वटा वडा सर्वसम्मत भएपनि एउटा वडामा भने सर्वसम्मतको प्रयास जारी रहेको झापा गाउँपालिका कमिटीका अध्यक्ष गजेन्द्र ताम्ली लिम्बुले बताए।

पालिकाका वडा १,२,३,४,५ र ७ मा सर्वसम्मत वडा कमिटी गठन भएको छ।वडा नम्बर ६ मा भने अरु पदमा सर्वसम्मत भएता पनि अध्यक्षमा सहमति हुन नसकेको वडा कमिटी सचिव मोहन पोखरेलले बताए।´८ गते बेलुका ४ बजे सम्म अध्यक्ष मण्डलले सर्वसम्मत गराउँन प्रयत्न गर्नेछ ,यदि त्यो समयावधि भित्र पनि सहमति हुन सकेन भने निर्वाचन प्रक्रियामा जाने` उनले बताए।

यता वडा नम्बर १ मा घनश्याम गणेशको अध्यक्षतामा वडा कमिटी सर्वसम्मत चयन भएको अध्यक्ष ताम्लीले जानकारी दिए।त्यस्तै २ मा ज्ञाननाथ सुबेदीको अध्यक्षतामा सर्वसम्मत वडा कमिटी चयन भएको छ।

वडा ३ मा राम प्रसाद उप्रेतीको अध्यक्षतामा सर्वसम्मत वडा कमिटी गठन भएको झापा गाउँपालिका संगठन बिभाग सचिव साजेमान सेखले बताए।त्यस्तै वडा ४,५ र ७ मा समेत क्रमश साफिक अन्सारी, मह्मद अन्सारी र तारा उप्रेतीको अध्यक्षतामा सर्वसम्मत नेतृत्व चयन भएका छन।

सम्बन्धित खबर