Kanakai Online

पुर्व विद्यार्थी समाज जनता माविद्वारा गुरुहरुको सम्मान


बुधवार, असोज २७, २०७८ |

शरणामती,असोज २७।झापाको झापा गाउँपालिका-६ मा रहेको जनता माध्यमिक विद्यालयका पुर्व विद्यार्थीहरुले गुरुहरुको सम्मान गरेका छन।आज बुधबार विद्यालयमा एक कार्यक्रमको आयोजना गरि समाजले गुरुहरुको सम्मान गरेको हो।

दशैँको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा लामो समय सम्म जनता माविमा अध्यापन गराउने तर हाल अवकास जिवनयापन गर्दै गरेका गुरुहरुको सम्मान गरिएको थियो।सम्मानीत हुनु हुनेमा कृष्ण मैनाली,मानविर रसाईली,धर्म राई,शिवनारायण गणेश र मरणोप्रान्त सम्मान स्व.धनपती रिजालको नाममा उहाँकी श्रीमती निरादेवी रिजाललाई गरिएको थियो।

यसै अवसरमा पुर्व विद्यार्थी समाजले नेपालीहरुको महान चाड दशैँ,तिहार,छठ पर्वको शुभकामना आदान प्रदान समेत गरेको छ।

शुभकामना आदान-प्रदान तथा सम्मान कार्यक्रममा समाजका अध्यक्ष सोमनाथ उप्रेतीको अध्यक्षता र पालिका प्रमुख जयनारायण साहको प्रमुख आतिथ्यता रहेको थियो।समाजका सचिव केशब बजगाईंले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष विष्णुमाया खरेलले स्वागत मन्तव्य राखेकी थिइन।

सम्बन्धित खबर