Kanakai Online

उनियाचौर कृषक समुह द्वारा लाइभस्टक इनोभेसन सार्बजनिक सुनुवाइ सम्पन्न


मङ्गलवार, असोज २६, २०७८ |

कुशल लामिछाने
असोज २६,स्याङ्जा/

स्याङ्जा जिल्लाको पुतलीबजार नगरपालिका वडा न ११ उनियाचौरका पशु तथा फलफूल तरकारी कृषक समूहले नेपाल लाइभस्टक इनोभेसन कार्यक्रमको सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ ।
स्थापना काल देखिनै ‌विभिन्न कृषि क्षेत्रमा आधुनिकीकरण प्रणाली अपनाउदै युवालाई कृषिमा आकर्षण र आत्मनिर्भर बनाउन ठूलो भूमिका निर्वाह गर्दैआएको समुहले आफ्नो सार्बजनिक सुनुवाइ कार्यक्रम सम्पन्न गरेको हो ।
स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिकाका उप-प्रमुख महेश पुरिको प्रमुख आतिथ्यमा आयोजीत कार्यक्रममा वडा न ११ कि वडा सदस्य सबिता देवी शर्मा लामिछाने, सोही वडाका कृषि संजालका अध्यक्ष एवम् युवा कृषक बोधराज अर्याल, नेपाली कांग्रेसका प्रतिनिधि अनन्त नारायण अर्याल, नेपाल कम्नियुस्ट पार्टीका वडा कमिटी सचिव जीवन पौडेल , समाजसेवी निलकण्ठ लामिछाने , दिव्यज्ञान आधारभूत समुदायिक विद्यालयका शिक्षिक रुमा के.सि. सोही बिद्यालयका ब्यबस्थापन समिति अध्यक्ष भवानी लामिछाने लगायत युवा क्लब , आमा समूह , स्थानीय बासिन्दा र कृषि तथा पशु पालक कृषकहरु कार्यक्रममा उपस्थित भएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि उप प्रमुख पुरिले समुहको उल्लेख्य कार्यको प्रसंशा गदै समुहको उधेस्य मुताबिक आयआर्जन गर्दै स्वरोजगार बन्ने लक्ष्य अनुरुप समुहलाइ नगरपालिकाको तर्फ बाट आवस्यक सहयोग उपलब्ध गराउने आस्वासन दिएका थिए ।

कार्यक्रमका अर्का बक्ता वडा सदस्य सबिता देवी शर्मा लामिछानेले कृषि समुहमा कृषक हरु सहभागी भई सहयोग आदानप्रदान गर्दै कृषक हरुले आर्थिक उपार्जन गर्न सहयोग मिल्ने भएकोले समुह मार्फत कृषि क्षेत्रको विकासमा टेवा पुग्ने भन्दै हौसला प्रदान गरेकि थिइन ।
समुहका अध्यक्ष कृष्ण प्रसाद लामिछानेको सभापतित्वमा आयोजित कार्यक्रम सस्थाका सचिव शिव लामिछानेले संचालन गरेका थिए ।

सम्बन्धित खबर