कनकाई अनलाईन
झापाको कनकाई नगरपालिका १ मा रहेको प्रजापति सामुदायिक वन उपभोक्ता समुहको ३५ औ साधरणसभा सम्पन्न भएको छ ।
जिल्लाकै दोस्रो पुराना सामुदायिक वन मानिने यस वन समुहको साधरणसभामा बोल्दै सहभागिहरुले अव सामुदायिक वन समुह वन व्यावस्थापन हेरचाह र गरिबी निवारणमा केन्द्रित हुनुपर्नेमा जोड दिए । यस अघि सामुदायिक वन समुहले विद्युतीकरण बाटो निर्माण लगायातका विकास निर्माणमा लाग्दा सामुदायिक वन समुहको मुख्य काम गरिबी निवारण र वन संरक्षणको पाटो कमजोर भएको जिल्ला सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला अध्यक्ष वेदराज भण्डारीले बताउँनुभयो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि कनकाई नगरपालिका वार्डनम्बर १ का वडाअध्यक्ष रोषनराज पोखरेलले वन समुहसग एकसाथ मिलेर गरिबी निवारण र विकासका अन्य कार्यक्रममा सहकार्य गर्न तयार भएको बताउँनुभयो । कार्यक्रममा बोल्दै सामुदायिक वन महासंघ कनकाईका अध्यक्ष दधिराज पोखरेलले सामुदायिक वन भित्रको समस्या भित्रै बसेर मिलाउनुको साटो चित्त नबुझ्न साथ तालाबन्दीमा जाने परिपार्टीको अन्त्य हुनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा कनकाई सव डिजिभन वन कार्यालय सुरुङ्गाका प्रमुख दिनेशकुमार यादव, सामुदायिक वन समुहका पुर्वअध्यक्ष सुर्यकुमार थापा, सुकेडाँगी सामुदायिक वन उपभोक्ता समुहकी अध्यक्ष शाान्ता घिमिरे, नेपाली कांग्रेसका वडाअध्यक्ष मनोज बस्नेत लगायातले सामुदायिक वनले समुहका जनतालाई आयआर्जन लगायातमा मद्धत गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रम वन समुहकी सचिव गोमा अधिकारीको संचालन उपाध्यक्ष दलबहादुर विश्वकर्माको स्वागतमा भएको थियो भने अध्यक्ष शुसिलकुमार पोखरेलले वन समुहको यस आर्थिक बर्षको १ करोड ११ लाख ९७ हजार रुपैँयाको आय व्याय प्रस्तुत गर्नुभएको थियो । पोखरेलले वन समुहले उपभोक्ताको गरिबी निवारणका लागि सीपमुलक तालिम, महिला सशक्तिकरण, युवा क्लव र विकास निर्माण लगायातमा आवश्यक बजेट विनियोजन गरिएको बताउँनुभयो ।