कनकाई अनलाईन
कनकाई नगरपालिका सुरङ्गाका युवा व्यावसायी जंग घतानीको कोरोनाका कारण शनिवार दिउसो निधन भएको छ ।
लामो समयदेखि पशु चौपायको ठेक्का सम्बन्धि काम गर्दै आउनुभएका घतानीको कोभिड अस्पताल बिराटनगरमा शनिवार दिउसो करिव ३ बजे निधन भएको मृतकका आफन्त तथा कलाकार राजेश घतानीले बताउँनुभयो ।
घतानीलाई कोभिड देखिएपछि केहिदिन मेची प्रादेशिक अस्पताल भद्रपुरमा उपचारमा लगिएको थियो । त्यहाँ सम्भव नभएपछि विराटनगर लगिएको हो । मृतक घतानीका श्रीमती २ छोरा र १ छोरी रहेका छन । उहाँको आज आइतवार साढे १० बजे कनकाई माईको पश्चिम तट माइधारमा अन्तिम सस्कार गरिने मुकेश सेलवालले बताउँनुभयो ।