Kanakai Online

पत्रकारिता तालिमका नाममा भ्रष्टाचार, गाउँपालिकाका अध्यक्षसहित छ जनाविरुद्ध मुद्दा दायर


शनिवार, असोज १६, २०७८ |

कनकाई अनलाईन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्रकारिता तालिमका नाममा भ्रष्टाचार गरेको आरोपमा मकवानपुरको कैलाश गाउँपालिकाका अध्यक्षसहित छ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

आयोगले शुक्रबार गाउँपालिका अध्यक्ष टंकबहादुर मुक्तान, फिलिंगो मिडियाका सञ्चालक रामकुमार रिजाल र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर कुसारी, लेखापाल सुजन श्रेष्ठ, आन्तरिक लेखापरीक्षक त्रिलोक थापामगर र सामाजिक विकास अधिकृत मोहनप्रसाद पौडेलविरुद्ध शुक्रबार विशेष आदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।

यसैगरी, आयोगले उहाँहरुसँग दुई लाख ६० हजार नौ सय रूपियाँ बिगो मागदाबी लिएको छ । आयोगमा प्रवक्ता नारायणप्रसाद रिसालले उहाँहरुले आर्थिक वर्ष २०७५–०७६ मा आधारभूत पत्रकारिता तालिम र युवा क्षमता विकास तालिम सञ्चालन गरेभन्दा दुई लाख ६० हजार नौ सय रूपियाँ बढी रकम भुक्तानी गरेको पुष्टि भएको बताउनुभयो ।

सम्बन्धित खबर