कनकाई अनलाईन
जिल्ला प्रहरी टोलीले १४६ ग्राम लागु औषध खैरो हिरोईन सहित २ जनालाई नियन्त्रणमा लिएको छ ।
प्रहरीले सोमवार वेलुकी ४ बजेर ४५ मिनेटमा बिर्तामोड ५ स्थित पंन्चकन्या प्लटिङ्ग क्षेत्रमा जिल्ला प्रहरी, लागुऔषध निन्यत्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय बिर्तामोडको प्रहरी टोलीले चेकजाच गर्दा कनकाई नगरपालिका ९ बस्ने २६ बर्षिय को टेकराज साहको साथबाट ०.५ मि.लि. ग्राम र सोही स्थानका २४ बर्षिय बिकाश मर्डिको साथबाट ४ ग्राम ५ मि.लि.ग्राम लागुऔषध खैरो हिरोईन फेला पारेको प्रहरीले जनाएको छ ।
उनीहरुमाथि थप अनुसन्धान गर्दा बिकाश मर्डीको बिर्तामोड १ को डेरामा खानतलासी थप १४२ ग्राम ३७ मिलि ग्राम ब्राउनसुगर नगद रु २ लाख ६९ हजार ३०० सय, डिजिटल तराजु थान, र निजले चलाई ल्याएको प्र. १–०१–०१२ प ९५४५ नम्बरको मोटरसाईकल . समेत बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता राकेश थापाले जानकारी दिनुभयो । पक्राउ परेका दुबै जनालाई थप अनुसन्धानका लागि ईप्रका अनारमनीमा राखिएको प्रहरीले जनाएको छ ।
Trending
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा
- बैँकमा ढुङ्गा हान्ने, दुर्गा प्रसाईका युवा समर्थक पक्राउ