Kanakai Online

टिफरको ठक्करबाट एकको मृत्यु, सडकमा टायर बालियो


सोमवार, असोज ११, २०७८ |

सुरुङ्गा, असोज ११ गते ।
ट्राफिक प्रहरीको चेकजाँचकै क्रममा टिपरको ठक्करबाट
सानो गाडीलाई ठक्करदिदा गाडीमा सवार एक जनाको
घटनास्थलमै मृत्यु भएपछि झापाको शिवसताक्षी नगरपालिका १०
माइधार क्षेत्र अहिले तनावग्रस्त बनेको छ ।सोमबार बिहान को२च २६३२ नम्बरको सो गाडीलाई टिपरले ठक्कर दिँदा दमक नगरपालिका–९ का ३९ वर्षीय नेत्र खड्काको मृत्यु भएको हो ।
टिफरको ठक्करबाट गाडी उछिट्टिएर सडकमुनि नहरमा खसेको
थियो । पूर्व–पश्चिम राजमार्गस्थित टिपरको ठक्करले मृत्यु
भएपछि स्थानीयले टायर बालेर राजमार्ग अवरुद्ध पारेका छन ।
ठक्करदिने प्रदेश–०३–००१–क ००९५ नम्बरको टिपरलाई
प्रहरीले नियन्त्रणमा लिएको छ। पश्चिमबाट पूर्वतर्फ
जाँदै गरेको गाडीलाई टिपरले पछाडिबाट ठक्कर दिएको
थियो ।

माइधारमा ट्राफिक प्रहरीले चेकजाँच गरिरहेकाले गाडी
स्लो गर्दा पछाडिबाट आएको टिपरले ठक्कर दिएको प्रहरीले
जनाएको छ।दुर्घटनापछि स्थानीयले गलत ठाउँमा ट्राफिक प्रहरीले
चेकजाँच गरेको भन्दै स्थानीयले सडक जाम पारका छन ।

सम्बन्धित खबर