कनकाई अनलाईन
नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत झापाका १५ पालिकामध्ये ११ पालिकामा नेतृत्व चयनका लागि निर्वाचन सम्पन्न भएको छ । चार स्थानीय तहमा नेतृत्व सर्वसम्मत चयन भए पनि सहमति नजुट्दा ११ पालिकामा निर्वाचन भएको हो ।
शनिवार भएको पालिकास्तरीय अधिवेशनबाट कचनकवल, बुद्धशान्ति र हल्दिबारी, झापा गाउँपालिकामा निर्विरोध समिति चयन भएकोे थियो भने बाँकी पालिकामा निर्वाचनबाट पदाधिकारीको टुङ्गो लागेको हो । कचनकवलमा तुलाराम अधिकारी, हल्दिबारीमा गंगा प्रसाईं, झापामा सागीरथ गणेश, बुद्धशान्ति गाउँपालिकामा चक्र शेर्माको नेतृत्वमा कार्यसमिति निर्विरोध निर्वाचित भएको छ ।
निर्वाचन प्रक्रियाबाट बिर्तामोड नगरपालिकामा भोजराज सिटौला नेतृत्वको प्यानललै निर्वाचित भएको छ । उनले कूलप्रसाद संग्रौलाको टिमलाई पछि पारेका हुन् । सिटौलाले संग्रौलालाई ४३ मतान्तरले पराजित गरे । सिटौलाले १५९ मत प्राप्त गर्दा संग्रौलाले ११६ मत प्राप्त गरेका छन् । सिटौला बिर्तामोड–३ का वडाध्यक्ष हुन् भने संग्रौला ४का वडाध्यक्ष हुन् ।
नगरको उपसभापति पदमा सूर्यप्रसाद कन्दङ्वा र राजकुमार राजवंशी निर्वाचित भएका छन् । कन्दङ्वाले १७३ मत प्राप्त गरे भने राजवंशीले १३६ मत प्राप्त गरेका छन् । सचिव पदमा उत्तम खनाल १३५ मत ल्याउँदै निर्वाचित भए भने १५३ मत ल्याउँदै दिवाकर प्रसाईं सचिव पदमै निर्वाचित बने । सहसचिव पदमा रमेश चौधरी र दिनेश पराजुली निर्वाचित बनेका छन् । चौधरीले १६६ मत प्राप्त गरे भने पराजुलीले १४७ मत प्राप्त गरेका छन् ।
बाह्रदशी गाउँपालिकामा इन्द्र बस्नेत निर्वाचित भएका छन् भने अर्जुनधारामा हेमराज खरेल निर्वाचित भएका छन् । अर्जुनधाराका बाँकी पदमा सर्वसम्मत नेतृत्व चयन भएको थियो । खरेलले २७ मत अन्तरले आफ्ना प्रतिष्पर्धी भीष्म मिश्रलाई पराजित गरेका छन् । खरेल दोस्रो कार्यकालका लागि सभापति पदमा बिजयी भएका हुन् ।
अर्जुनधारा–९का भीष्म मिश्र र अर्जुनधारा–५का हेमराज खरेलको सभापतिमा उम्मेदवारी परेको थियो । अर्जुनधारामा २४८ मतमध्ये २४० खसेको थियो । खरेलले १३१ र मिश्रले १०४ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । ५ मत बदर भएको पार्टीका नगर सहसचिव सञ्जीव पौडेल ९इशान०ले जानकारी दिए ।
यसअघि नगर उपसभापतिद्वयमा भेषराज भण्डारी प्रशान्त र चतुर्भुज काफ्ले, सचिवद्वयमा इन्दिवर खड्का र मेदनी गुरागाँई तथा सहसचिवद्वयमा सञ्जीव पौडेल ९इशान० र निरज ढकाल निर्विरोध भइसकेका थिए । यसअघि भीष्म मिश्र साविक शनिश्चरे गाविसका पार्टी सभापति हुन् भने हेमराज खरेल साविक शनिअर्जुन नगरपालिकाका लागि सभापति तथा अर्जुनधारा नगरपालिकाका लागि पार्टी संयोजक हुन् । कोषाध्यक्ष पदमा भने नगर समितिको पहिलो बैठकले मनोनित गर्ने पार्टीको प्रावधान रहेको जनाइएको छ । यस्तै, ५७ जना नगर सदस्य पनि सर्वसम्मत भएका थिए ।
बाह्रदशी गाउँपालिकामा बस्नेत नेतृत्वको टिमले जीत हासिल गरेको छ । बस्नेतले आफ्ना निकटतम् प्रतिष्पर्धी टंक साहलाई पछि पारेका हुन् । बस्नेतले १०१ मत ल्याएर बिजयी हुँदा उनका प्रतिस्पर्धी साहले ५८ मत प्राप्त गरेका थिए । सदस्य पदमा सर्वसम्मत भए पनि अध्यक्ष लगायत पदाधिकारीमा निर्वाचन भएको थियो । निर्वाचनको पछिल्लो मत परिणाम अनुसार उपसभापति पदमा पञ्चानन राजवंशी र सुशीला ढुङ्गेल निरौला निर्वाचित भएका छन् ।
त्यस्तै सचिवमा टंकबहादुर कार्की र दिनेश थापा निर्वाचित भएका छन् । सहसचिवमा भने लखिराम किस्कू र किशनलाल साह निर्वाचित भएका छन् । बस्नेत कृष्णप्रसाद सिटौलाको समूहबाट उठेका थिए भने साह भगिरथ पोद्दारको समूहबाट उठेका थिए । ४२ सदस्यीय गाउँ कार्य समितिका सदस्य पदहरुमा भने सर्वसम्मत भएको थियो ।
दमक नगरपालिकामा सभापति पदमा प्रकाश प्रसाई निर्वाचित भएका छन् । सहायक मतदान अधिकृत गिरीराज भट्टराईका अनुसार उपसभापति पदमा प्रेम भट्टराई र युवराज खनाल, सचिवमा रामचन्द्र अधिकारी र दिपेश दाहाल निर्वाचित भएका छन् । सहसचिवमा भने रधुनाथ चापागाँई र मणिकुमार लिम्बू निर्वाचित भएका छन् ।
यता कमल गाउँपालिकामा बुद्धिराज न्यौपाने र खगेन भण्डारीले ६५÷६५ मत ल्याएर बराबरी भएको छ । बराबरी मत पाएपछि गोलाप्रथाबाट निर्णय गरिएको मतदान अधिकृत कुमार खतिवडाले बताएका छन् । गोलाप्रथावाट बुद्धिराज न्यौपाने बिजयी भएको बताइएको छ । खतिवडाका अनुसार उपसभापतिमा केदार कटुवाल र पदम निरौला, सचिवमा देवीप्रसाद दाहाल र महेन्द्र वुढाथोकी तथा सहसचिवमा दुर्गाप्रसाद पोखरेल र सविता दाहाल कटुवाल निर्वाचित भएका छन् ।
कनकाई नगरपालिकामा भने सभापति पदमा दुर्गा प्रसाई निर्वाचित बनेका छन् । उपसभापति पदमा सन्तोषकुमार रायमाझी र सूर्यकुमार थापा निर्वाचित भए । सचिवमा दीपक खतिवडा र रेणुप्रसाद कँडेल निर्वाचित भए भने सहसचिव पदमा उदीप दाहाल र धर्मलाल राजवंशी निर्वाचित भएका छन् ।
त्यस्तै गौरीगञ्ज गाउँपालिकामा सभापति पदका लागि आग्नुप्रसाद राजवंशी निर्वाचित भएका छन् । उपसभापति पदमा भने टीकनारायण राजवंशी र धिरज रिमाल निर्वाचित भए । त्यस्तै सचिव पदमा गोपालप्रसाद ताजपुरिया र हरिलाल यादव तथा सहसचिव पदमा भोला राजवंशी र राजेन्द्रकुमार ताजपुरिया निर्वाचित भएका छन् ।
गौरादह नगरपालिकामा भने सभापति पदमा यादव सेढाई निर्वाचित बनेका छन् । उपसभापति पदमा कुन्दन गिरी र मेघराज अधिकारी निर्वाचित भए । सचिवमा भने माधब कोइराला र नेत्र खड्का निर्वाचित बने । सहसचिवमा भने उपेन्द्र ढुंगाना र ओमकुमार धमला निर्वाचित भएका छन् ।
मेचीनगरको सभापति पदमा सुदय पनेरु निर्वाचित भएका छन् । सभापति पदमा पनेरु र नवीन बराल उम्मेदवार थिए । उपसभापतिमा धनकाजी खत्री र योगेन थापा मगर निर्वाचित भएका छन् । त्यस्तै सचिवमा मुकेश लिम्बू र मनोज घिमिरे निर्वाचित भ ए भने सहसचिवमा टीका धमला र बिजय भट्टराई निर्वाचित भएका छन् ।
भद्रपुर नगर समितिको सभापतिमा रामबहादुर कँडेल निर्वाचित भएका छन् । उनी ६१ मत ल्याई बिजयी भएका हुन । उनका प्रतिस्पर्धीहरु मदनबहादुर बस्नेतले ५३, बन्धु कार्कीले ५१, भरत प्रसाईँले ५० र ज्ञानबहादुर चौहानले १२ मत प्राप्त गरेका छन् । दुई सचिव पदमा अनिता रिजाल र उत्तम कोइराला निर्वाचित भएका छन् । रिजालले १३४ र कोइरालाले १२१ मत ल्याएका छन् । उनीहरूका प्रतिष्पर्धीहरु दूर्योधन कार्कीले ६०, टेकबहादुर पाण्डेले ७२ र सन्तकुमार राजवंशी ९सन्तोष०ले ३४ मत प्राप्त गरेका छन् । त्यस्तै सहसचिव दुई पदमा नन्दलाल राजवंशी र मणिकुमार राई निर्वाचित भएका छन् । राजवंशीले १४४ र राईले ११० मत ल्याएका छन् । उनीहरूका प्रतिष्पर्धीहरु दीपेशकुमार साहले ८१ र सन्तोष थापाले ७४ मत प्राप्त गरे ।
भद्रपुर–८स्थित एनसीडिसी भवनमा सभापति, सचिव र सहसचिव पदका लागि आइतबार भएको निर्वाचनमा २३९मध्ये २२९ जनाले मतदान गरेका थिए । त्यसमध्ये एउटा मत बदर भएको मतदान अधिकृत मञ्जु दाहालले जानकारी दिइन् । यता उपसभापति पदमा शनिवार नै दुई जना निर्विरोध निर्वाचित भइसकेका छन् । उपसभापति निर्वाचित हुनेमा रमेशचन्द्र झा र भरतचन्द्र गुरुङ रहेका छन् । उपसभापति पदबाट रेखा अधिकारीले उम्मेदवारी फिर्ता लिएकी थिइन् ।
त्यस्तै प्रत्यक्ष महिला सदस्य खुलातर्फ वडा नम्बर २ की गोमा तामाङ, वडा नम्बर ४की बिनुका लिम्बू, वडा नम्बर ५की रीता दाहाल सुवेदी, वडा नम्बर ६की सीतादेवी घिमिरे, वडा नम्बर ७की दुर्गामाया भट्टराई, वडा नम्बर ८ की पार्वती गुरागाँई, टीका थापा, वडा नम्बर ९की लीला शर्मा बेगम र वडा नम्बर १०की ललितादेवी न्यौपाने निर्विरोध निर्वाचित भएका छन् ।
प्रत्यक्ष सदस्य खुलातर्फ वडा नम्बर १का महाप्रसाद पनेरु, वडा नम्बर २ का जनार्दन बजगाँई, चन्द्रप्रसाद फुँयल, वडा नम्बर ४का वीरेन्द्रकुमार लिम्बू, राजेन्द्र श्रेष्ठ, वडा नम्बर ५का नरेन्द्र कार्की, टोपराज खतिवडा, वडा नम्बर ६का महादेव मण्डल, यदुनन्दन साह रौनियार, वडा नम्बर ७ का सूर्यप्रसाद खतिवडा, रोहितप्रसाद खतिवडा, केशवप्रसाद कोइराला, द्वारिकाप्रसाद श्रेष्ठ, भानु राजवंशी, वडा नम्बर ८ का सुशील खतिवडा, रमेशकुमार पराजुली, वडा नम्बर ९का हेमप्रसाद चम्लागाँई, वीरेन्द्र मल्ल र वडा नम्बर १०का सविन जोगी, राजेन्द्रकुमार तुलाधर निर्विरोध निर्वाचित भएका छन् ।
समावेशी खस आर्य महिलामा सारिका भुर्तेल ढुङ्गाना, मनिषा घिमिरे र सरिता शर्मा, खस आर्य खुलातर्फ दिनेशकुमार राय, तेजप्रसाद पोखरेल, रामबहादुर राउत र सुशान्तकुमार राय, समावेशी आदिवासी जनजातिमा महिलातर्फ मुना कन्दङ्वा, ललिताकुमारी राजवंशी, आदिवासी जनजाति खुलातर्फ नुनकरणसिंह राजवंशी, रसत राजवंशी, तर्कराज राई, जयप्रकाश राजवंशी, मधेशी खुलातर्फ मुकेश मित्रुका र सिकेन्द्र यादव र मुस्लिम खुलातर्फ जाहिद हुसेन निर्विरोध निर्वाचित भएका छन् ।
उता शिवसताक्षीमा अशोक बस्नेत निर्वाचित भएका छन् । नगरको उपसभापति पदमा भूपालप्रसाद राजवंशी र सन्तकुमार फेउदेन निर्वाचित बने । सचिवमा रमेशकुमार राई र होमप्रसाद दुलाल निर्वाचित बने भने सहसचिवमा राजनारायण ताजपुरिया र सूर्यप्रसाद योङ्या निर्वाचित भएका छन् ।