कनकाई अनलाईन
कांग्रेसमा पुस्ता हस्तानतरणको चर्चा चलिरहेको वेला कनकाई नगरपालिकाको कांग्रेस अधिवेशनको आज भएको निर्वाचनमा सहसचिव पदमा २५ बर्षिय उदित दाहाल निर्वाचित हुनुभएको छ ।
जम्मा १ सय ८३ मत खसेकोमा दाहालले १३७ मत ल्याएर बिजयी हुनुभएको हो ।
दाहाल नेविसंघका कनकाई नगर सभापति तथा जिल्ला सदस्य समेत रहनुभएको छ । सहसचिवमा निर्वाचित भएपछि कनकाई अनलाईनसग कुरा गर्दै कांग्रेसमा ६० कटेपछि युवा नेता हुने परम्पराको अन्त्य गर्न आफु लागिपर्ने बताउँनुभयो । कांग्रेसको जिल्लामै कान्छो पदाधिकारीका रुपमा दाहाललाई दावी गरिएको छ ।
Trending
- बिर्तामोडमा एक महिलाको लुटपाट पछि विभत्स हत्या
- झापामा ६३ प्रतिशतले खाए हात्ती पाईलेको औषधि
- कनकाईमा हात्ती पाईलेको औषधि खुवाउने अभियान सफल
- झापामा ८५८ हतियारलाई इजाजत,१३० वटामात्र नविकरण
- माता तिर्थ औंशीमा आमालाई दिने उपहार तयार गर्दै कन्चन ज्योतिका बिध्यार्थी
- चट्याङ र करेन्ट लागेर झापामा २ को मृत्यु
- सुरुङ्गा प्रहरी लागुऔषध सचेतनामा निरन्तर
- झापामा धमाधम हात्तीपाईका र रोगी फेला पर्दै