कनकाई अनलाईन
काठमाडौं ९हाम्रो खेलकुद० – नेपाली क्रिकेट टोलीका तीव्र गतिका बलर करण केसीले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग ९इपिएल० मा विराटनगर वारियर्सको कप्तानी गर्ने भएका छन् । विराटनगरले करणलाई कप्तान र विकेटकिपर अनिलकुमार शाहलाई उपकप्तानको जिम्मेवारी दिएको छ ।
करणले फ्रेन्चाइज लिगमा दोस्रो पटक कप्तानी गर्नेछन् । करणले यसअघि २०१९ मा धनगढी प्रिमियर लिग ९डिपिएल० मा विराटनगर किंग्सको कप्तानी गरेका थिए । विराटनगर वारियर्सका नियमित कप्तान पारस खड्काले इपिएल नखेल्ने भएपछि करणले कप्तानी जिम्मेवारी पाएका हुन् । करण नेपाली टोलीका प्रमुख रोजाईका बलिङ अलराउन्डर हुन् ।
विकेटकिपर अनिल राष्ट्रिय टोलीमा पूनरागमनको प्रयासमा छन् । विराटनगरको मुख्य प्रायोजकमा एनआइसी एशिया बैक छ । विराटनगरको मुख्य प्रशिक्षमा पूर्व नेपाली खेलाडी तथा नेपाल पुलिस क्लबका मनोज कटवाल छन् । करणको कप्तानीमा डिपिएलमा विराटनगरले ५ खेलमा २ मा हार, समान १ मा जित र नजिता विहिन हुँदै ४ अंकका साथ पाँचौं स्थानमा रहँदै बाहिरिएको थियो ।
नेपाललाई ओडिआई मान्यता दिलाउन क्यानडाविरुद्ध करणले अविश्वसनिय इनिङ खेलेका थिए । करण तल्लोक्रममा आक्रामक सट र तीव्र गातिमा बलिङ गर्ने गर्दछन् । विराटनगरमा जिम्बावेका टि२० कप्तान सिकन्दर राजा र वेस्टइन्डिजका चन्द्रपाउल हेमराज जस्ता विश्वस्तरिय खेलाडी छन् ।
विराटनगरले २०१७ को फाइनलमा भैरहवा ग्ल्याडियटर्सलाई एक रनले पराजित गर्दै उपाधि जितेको थियो । २०१८ मा विराटनगर ५ खेलमा ३ मा जित र २ मा हार सहित पाँचौ स्थानमा रहेर बाहिरिएको थियो । इपिएल असोज ९ देखि २३ सम्म टियु मैदानमा हुने छ । विजेताले ५० लाख र उप विजेताले १५ लाख रुपैयाँ प्राप्त गर्ने छन् ।
विराटनगरको पूर्ण टोली स्
करण केसी९कप्तान०, आसिफ शेख ९विकेटकिपर०, अनिल कुमार शाह ९विकेटकिपर तथा उपकप्तान० , सन्दीप राजाली, सौरभ खनाल, सुमित महर्जन, हरि बहादुर चौहान, सोनु देवकोटा, प्रतिश जि।सी। रामनरेश गिरी, विक्रम कुमार भुषाल, अनिल खरेल, अनुज चनारा, सन्तोष यादव, रयानखान पठान ९क्यानडा०, चन्द्रपाउल हेमराज ९वेस्टइन्डिज०, सिकन्दर राजा ९जिम्बावे० र दीलशान मुनावीरा ९श्रीलंका०