Kanakai Online

तास खेलिरहेको अवस्थामा नगद सहित ६ जना पक्राउ


शनिवार, साउन १६, २०७८ |

झापा,साउन १६ । झापाको दमकबाट प्रहरीले ६ जना जुवाडेलाई पक्राउ गरेको छ।इलाका प्रहरी कार्यालय दमकले शनिवार अपरान्ह ६ जना जुवाडेलाई पक्राउ गरेको हो ।

दमक ८ मा सञ्चालित पेरुङ्गो होटलमा तास खेलिरहेको अवस्थामा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । स्थानीय पदम सुब्बाले सञ्चालन गर्दै आएको उक्त होटलमा जुवाजन्य खेल तास खेलिरहेको भन्ने सूचनाका आधारमा प्रहरी त्यहाँ पुगेको थियो ।

पक्राउ पर्नेमा होटल सञ्चालक सुब्बासहित कैलाश लिम्बू, मोहन ढुङगाना, द्रोणाचार्य कार्की, प्रेम सुब्बा र भीम सुब्बा छन् ।प्रहरीले घटनास्थलबाट एक लाख ६० हजार रुपैयाँ पनि बरामद गरेको झापाका प्रहरी प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिए ।