प्रविन अधिकारी
झापा । दार्चुलामा शुक्रबार भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले तुइन काटेर बेपत्ता पारिएका जयसिंह धामी घटनाको विरोधमा काँकरभिट्टामा प्रदर्शन गरिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी झापाले भारतीय एसएसबीको ज्यादती विरुद्धमा पूर्वी सीमानाकामा विरोध प्रदर्शन गरेको हो । विरोध प्रदर्शनको क्रममा ¥यालीसहित काँकरभिट्टा बजार क्षेत्र परिक्रममा गरिएको थियो ।
विरोध प्रदर्शन कार्यक्रम देवकोटा पार्क नजिकै बसपार्कबाट शुरू भएर भट्टराईचोक हुँदै बजार परिक्रमा गरेर हनुमान मन्दिर परिसरमा आएर कोणशभामा परिणत भएको थियोे ।
विरोध ¥यालिमा जयसिंहलाई न्याय दे, भारतीय साम्राज्यवाद मुर्दावाद, नेपाल र नेपाली माथि भएको हत्या हिंसा बन्द गर , बैज्ञानिक समाजवाद जिन्दावाद, राष्ट्रघाति एमसिसी सम्झौता मुर्दावाद लगायतका नारा लगाइएको थियोे ।
¥यालीपछिको कोण सभालाई सम्बोधन गर्दै पार्टीका झापा सचिव तारा थापा (प्रशान्त) ले अव्यवस्थित राज्यसत्ता र संसदिय व्यवस्था कायम रहुन्जेल जनताले दुख पाइरहने भन्दै अबको नेपाली जनताको भाग्य र भविष्यको बाटो बैज्ञानिक समाजवादको बाटो रहेको ठोकुवा गरे।
भारतीय हस्तक्षेप र दादागिरी कुनै पनि हालतमा सह्य नहुने भन्दै सबै नेपाली जनताले यसको विरोध गर्नुपर्ने उल्लेख गरे ।त्यस्तै कार्यालय सचिव संजयले कुनै पनि हत्या हिंसा, भ्रष्टाचार, बेथिति, अन्याय, अत्याचार पार्टीलाई सह्य नहुने भन्दै यसका विरूद्व जहिले जहाँ र जुनसुकै परिस्थितिमा सशक्त संघर्ष र प्रतिकारमा उत्रने बताए ।आक्रोशित भएका उनले केपी, प्रचण्ड , देउवाहरू विदेशीको गोटि बनेको भन्दै संसदीय व्यवस्था असफल भैसकेको र व्यवस्था परिवर्तनका लागि आफुहरू बलिदान गर्न तयार रहेको बताए ।
भारतीय अतिक्रमण र दादागिरीका विरूद्व जस्तोसुकै संघर्ष गर्न तयार रहेको भन्दै उनले नेपालका नेता साम्राज्यवादि र पश्चिमाको कारिन्दा भएका कारण जनताल यो अवस्था भोग्नुपरेको उल्लेख गरे । पार्टील १८ गते दमकमा पुनः प्रदर्शन गर्ने जानकारीसमेत दिएको छ ।पार्टीका विभिन्न जनवर्गीय संगठन तथा मोर्चासहितको सहभागिता रहेकोक सभाको सञ्चालन पार्टीका जिल्ला कार्यालय सचिव संजय राईले गरेका थिए ।
शुक्रबार बिहान साढे ८ बजे दार्चुला जिल्लाको व्यास गाउँपालिका २ माल भन्ने स्थानबाट भारत उत्तराखण्ड जिल्लाको पिथौरागढमा पर्ने पांगल भन्ने स्थानमा जाने क्रममा व्यास गाउँपालिका २ माल बस्ने ३० वर्षीय जयसिंह धामी बेपत्ता भएका थिए ।जयसिंह धामी तुइन तर्दै गर्दा एसएसबीले तुइनको तार काटिदिएको आरोप छ ।सो सम्बन्धमा आवश्यक छानवीन भइरहेको प्रहरीले जनाएको छ ।