कनकाई अनलाईन
कनकाई नगरपालिकामा कोरोना खोपको दुरुपयोग रोक्न सबै नागरिक समाज चनाखो हुनुपर्ने कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेले वताउँनुभएको छ ।
आज कोरोना खोपवारे सरोकारवालाहरुसग कनकाई ३ वार्डकार्यालयमा भएको सामुहिक छलफलमा बोल्दै नगरप्रमुख पोखरेलले स्वास्थ्यकर्मीहरुको मात्रै जिम्मामा छाडदा कोरोना खोप दुरुपयोग भएको भन्ने हल्ला आफुसग आएको भन्दै यस अघि भएका कमीकमजोरी कदापि नदोराउने पक्षमा कनकाई नगरपालिका रहेको पोखरेलले बताउँनुभयो ।
यस अघि कोरोना खोप लगाउदा आफुहरु सामाजिक अभियान्ता भएको भन्दै कम उमेर समुहकाबाट धमाधम खोप लगाउन थालेपछि कनकाईमा कोरोना खोपको दुरुपयोग भएको भन्दै सरोकारवालाहरुले गुनासो गरेपछि नगरप्रमुख यस पटक भने यस्ता कमीकमजोरी नहुने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा कनकाई नगरपालिका ३ नम्बर वार्डका वार्डअध्यक्ष रुद्रप्रसाद चिमरिया, वार्डसदस्य युवराज चम्लगाई, कनकाई उद्योग वाणिज्य संघका संस्थापक अध्यक्ष युवराज संग्रौला, नेपाल पत्रकार महासंघ प्रदेश समिति सदस्य लीलाराज झापाली, भगवती वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष ख्याम प्रसाई लगायातले खोप सफल पार्न नगरपालिका र स्वास्थ्यकर्मीबाट अपनाउनुपर्ने अपनाउनुपर्ने उपायका वारेमा बताउँनुभएको थियो ।
यसपटक कनकाई नगरपालिकाका ५४ बर्ष माथिका सबै पहिलो खोप नहानेका नागरिकका साथै खोप लगाउन छुटेका अतिआवश्यकीय अग्रभागमा काम गर्ने वैदेशिक रोजगारीका लागि छनौट भएका युवा गरि ३२ सय नागरिकलाई खोप लगाइदै छ भने केहि दिनपछि ५० बर्ष माथिकाहरुकालाई समेत अमेरिकन खोप जोमसोन एण्ड जोमसन लगाइदै छ ।