कनकाई अनलाईन
कनकाई मावि सुरुङ्गामा आफुसगै पढने सहपाठीहरु मिलेर खोलेको भुतपुर्व विद्यार्थी संगठनहरु पछिल्लो समय सामाजिक गतिविधिमा अगाडि देखिएका छन ।
कोरोना कहरका वेला गरिब परिवारलाई खाद्यान्न सहयोग गर्नेदेखि लिएर, अक्सिजन प्लान्टमा सहयोग, छात्रवृति वितरण लगायातका क्रियाकलापहरु हरु विभिन्न ब्याजका विद्यार्थीहरुले क्रियाकलापहरु गर्दै आएका छन ।
यसैक्रममा कनकाई माविको २०६० सालको एसएलसी ब्याजका विद्यार्थीहरुले इलाका प्रहरी कार्यालयका सम्पुर्ण प्रहरीलाई एक एक थान रेनकोट हस्तानतरण गरेको छ ।
आफ्नो व्याजबाट संकलित रकमबाट विद्यार्थीहरुले पानी परेको वेला ओड्का लागि रेनकोट प्रदान गरेको उक्त व्याज समुहकी कविता श्रेष्ठले बताउँनुभयो । उक्त रेनकोट इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख प्रहरी निरिक्षक उदयसंम्सेर जबरालाई भुतपुर्ण विद्यार्थीहरु नमिता काफ्ले, राजकुमार कट्टेल, कविता श्रेष्ठ,चन्दन शाहले प्रदान गर्नुभयो । रेनकोट लिदै इलाका प्रहरी कार्यालयका प्रहरी प्रमुख जबराले सुरुङ्गा वाशीको प्रहरीलाई गर्ने सहयोगबाट आफ्नो कार्यकुशलतामा समेत मद्धत मिलेको बताउँनुभयो । कार्यक्रममा बोल्दै नमिता काफ्लेले आफ्ना ब्याजका १०८ जना विद्यार्थीहरुबाट आर्थिक संकलन गरि सामाजिक गतिविधिमा सहभागि हुदै आएको जानकारी दिनुभयो । राजकुमार कट्टेलले सामाजिक गतिविधिमा सहभागि सबै विद्यार्थीहरुलाई धन्यावाद दिनुभयो ।
Trending
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा
- बैँकमा ढुङ्गा हान्ने, दुर्गा प्रसाईका युवा समर्थक पक्राउ