Kanakai Online

झापा गाउँपालिकाको एउटा सिंगो बस्तीनै एमालेमा प्रवेश


बुधवार, साउन १३, २०७८ |

शरणामती,साउन १३।नेपाली कांग्रेसले तिसौ वर्ष मुलुकमा शासन गर्दा समेत कुनै परिवर्तन नभएको र प्रधानमन्त्री केपी शर्मा ओलीले तीन वर्षमै मुलुकको कायां पलट गरेको भन्दै झापाको झापा गाउँपालिका स्थित एउटा सिंगो गाउँनै नेकपा एमालेमा प्रवेश गरेको छ ।झापा गाउँपालिका-२ स्थित वालुवाटारमा वसोवास गर्ने दुई सयभन्दा बढी स्थानीय नेकपा एमालेमा प्रवेश गरेका हुन् ।

यसअघि नेपाली कांग्रेस र माओवादी केन्द्रमा आवद्ध स्थानीयहरू ‘नेकपा एमाले जिन्दावाद’को नारा लगाउँदै नेकपा एमालेमा प्रवेश गरेको घोषणा गरेका हुन् । उनीहरूले आज बुधबार एक कार्यक्रमको आयोजना गरी सामूहिक हस्ताक्षरसहित नेकपा एमालेमा पार्टी प्रवेश गरेको झापा गाउँपालिका कमिटिका अध्यक्ष गजेन्द्र ताम्ली ले कनकाई अनलाइनलाई बताए।

सो गाउँका स्थानीय डिल्ली हेमरम र भैयालाल माझीको नेतृत्वमा ५० घरपरिवारबाट करिव दुइ सय जनाभन्दा बढी एमालेमा प्रवेश गरेका छन।

सो अवसरमा नेकपा एमाले झापा गाउँपालिका कमिटी अध्यक्ष गजेन्द्र ताम्ली,गाउँपालिका संगठन बिभाग प्रमुख मोहन घिमिरे,संगठन बिभाग तथा आर्थिक बिभाग सदस्य गौरी राजबंशी,आर्थिक बिभाग सदस्य काजी बहादुर खत्री,वडा कमिटी अध्यक्ष ज्ञानुनाथ सुवेदी,वडा कमिटी सचिव श्याम राजबंशी,गाउँ कमिटी सदस्य लक्ष्मी पनेरु,वडा २ का वडाध्यक्ष नेत्रबहादुर खड्का लगायतले नवप्रवेशीलाई नेकपा एमालेमा स्वागत गरेका थिए ।

प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष ओलीको नेतृत्वमा देशमा विकास र समृद्धिको सुरुवात भएको भन्दै राष्ट्रियता र विकासको मुद्दा मन परेर एमालेमा प्रवेश गरेको कांग्रेस परित्याग गर्नेहरूले बताएका छन् । 

नवप्रवेशीहरुलाई स्वागत गर्दै एमाले नेताहरुले ढिलै भएपनि सही राजनीतिक बाटो पहिल्याएकोमा सम्पूर्ण टोलीवासीलाई स्वागत गर्दै सबैले देशको विकासमा आ-आफ्नो ठाउँबाट योग्दान पुर्‍याउनुपर्ने बताए । उनीहरुले नेकपा एमालेको नेतृत्वमा देश समृद्धिको बाटोमा आघि बढेको भन्दै सबै नेकपा एमालेमा एकजुट भएर देश विकासको सपना साकार पार्नेतर्फ लाग्नुपर्ने बताए ।

सम्बन्धित खबर