Kanakai Online

कनकाई भुतपुर्व विद्यार्थी ५१ ब्याजद्धारा विद्यार्थीलाई छात्रवृति


बुधवार, साउन १३, २०७८ |

कनकाई अनलाईन
भुतपुर्व विद्यार्थी समाज कनकाईको २०५१ सालको ब्याजबाट कनकाई माध्यमिक विद्यालय सुरुङ्गाका कक्षा ६ देखि १० सम्मका गरिब तथा जेहेन्दार विद्यार्थीलाई एक बर्षसम्मको छात्रवृत्ति प्रदान गरेको हो ।
एसएलसी ब्याज ५१ ले ५ जना विद्यार्थीहरुको एक बर्ष सम्मको सम्पुर्ण खर्च व्यहोरी दिएको एसएलसी ब्याज २०५१ का अध्यक्ष भुमि खरेलले बताउँनुभयो । ५१ को ब्याजबाट उनीहरुलाई छात्रवृति प्रदान गरिएको र यसलाई निरन्तता दिने व्याजका सचिव गणेश संग्रौलाले बताउँनुभयो ।
उक्त व्याजका विद्यार्थी संगठित भई कनकाई माविकै विद्यार्थीलाई सहयोग तथा कनकाई माविको चौतर्फी विकासका लागि लागि पर्ने अध्यक्ष खरेलले जानकारी दिनुभयो ।

सम्बन्धित खबर