गौरादह । झापाको गौरादह नगरपालिकामा भोलिबाट १ हप्ताका लागि आंशिक लकडाउन हुने भएको छ ।
कोभिड-१९ नियन्त्रण सम्बन्धि सोमबार(आज)बसेको सर्वपक्षिय बैठकले साउन १८ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो । कोभिड-१९ को संक्रमण बढ्दो अवस्थामा रहेको, त्यसका नियन्त्रणका लागि र नजिकका पालिकाहरुमा गरेको बन्दाबन्दीलाई मध्यनजर गर्दै साउन १२ गतेदेखि साउन १८ गते राती १२ बजेसम्म नगरपालिका क्षेत्रभित्र आंशिक लकडाउन गर्ने निर्णय गरिएको कोभिड-१९ व्यवस्थापन समितिका अध्यक्ष तथा गौरादह नगर प्रमुख रोहित कुमार शाहले जानकारी दिए ।
बैठकले गौरादह नगरपालिका क्षेत्रभित्र साप्ताहिक हाटबजार पूर्णरुपले बन्द गर्ने निर्णय गरेको छ । यस्तै, औषधी पसल र दुध डेरी बाहेक अन्य पसल तथा व्यवसाय र तरकारी बजार समेत बिहान ७ बजेदेखि १० बजेसम्म मात्र खोल्न पाउने निर्णय गरेको छ ।
यस्तैगरि, बैंक तथा बित्तिय संस्थाको हकमा भने बिहान १० बजेदेखि १ बजेसम्म सञ्चालन गर्न पाउने निर्णय गरेको छ ।