कनकाई अनलाईन
काँकरभिट्टा । मेचीनगर–६, काँकरभिट्टाबाट प्रकाशित हुने खबरमञ्च साप्ताहिक छैटौँ वर्षमा प्रवेश गरेको छ । साताको प्रत्येक बिहीवार प्रकाशित हुँदै आएको खबरमञ्च साप्ताहिकले सफलताको पाँचौ बसन्त पार गरी छैटौँ वर्षमा प्रवेश गरेको हो ।
२०७३ साउन १० गते झापा जिल्ला प्रशासन कार्यालयबाट दर्ता प्रमाण पत्र प्राप्त गरी खबरमञ्च साप्ताहिक पत्रिकाको प्रकाशन सुरु गरिएको हो । मेचीनगर नगरपालिका तथा आसपासका क्षेत्रलाई केन्द्रमा राखी खबरमञ्च साप्ताहिक पत्रिकाको प्रकाशन सुरु गरिएको हो ।
छापा माध्यमबाट सुरु गरेको खबरमञ्च साप्ताहिकले हाल छापा र अनलाइन दुबै संस्करणलाई निरन्तरता दिइ रहेको छ । खास गरी स्थानीय बिषयवस्तु र समेट्नै पर्ने समाचारका बिषयवस्तुलाई केन्द्रमा राखेर साप्ताहिकको अनलाइन संस्करण आम पाठकहरुले पढ्न पाइरहेका छन् ।
पत्रिकालाई यो अवस्थासम्म ल्याई पु¥याउन अमूल्य सल्लाह, सुझाव र साथ दिनु हुनै सबै पाठक वर्गमा पत्रिकाका प्रकाशक सम्पादक प्रकाश पौडेलले आभार प्रकट गरेका छन् ।
वार्षिक उत्सवको अवसरमा झापाका अग्रज पत्रकार, पत्रकार जन्य संघ–संगठन नेतृत्व, सञ्चारकर्मी तथा आम पाठकहरुले खबरमञ्चको आगामी दिनमा समेत यात्रा निरन्तरताको शुभकामना ब्यक्त गरेका छन् ।