कनकाई अनलाईन
नेपाली कांग्रेसको आगामी चौधौ महाधिवेशनमा कनकाई नगरपालिका १ नम्बर वार्डको वडा सभापतिमा संचारकर्मी मनोज बस्नेतले उम्मेद्धारी घोषणा गर्नुभएको छ ।
कनकाई अनलाईनसग बस्नेतलले आागामी साउन महिनाको २२ गतेतीर हुने महाधिवेशनमा आफु वडा नम्बर एकको वडासभापतिको उम्मेद्धारी दिन लागेको बताउँनुभयो । बस्नेत वडानम्बर १ को हाल सचिव रहनुभएको छ । अध्यक्ष प्राविधिक कारणले लामो समयदेखि जिल्ला वाहिर रहेकोले हालसम्म वार्डका सबै अध्यक्षको जिम्मेवारी समेत बस्नेतले निभाउदै आउनुभएको छ । लायन्स क्लवका निर्वतमान अध्यक्ष, प्रेस क्लवका सचिव लगायातका एक दर्जन संघ संस्थामा रहनुभएका बस्नेत वडासभापतिका लागि वाकी सबै जिम्मेवारीबाट विदा लिइसकेकोले समेत आफु अव पुर्णतय वडासभापतिका रुपमा जिम्मेवारीमा रहने बताउँनुहुन्छ ।
कनकाई नगरपालिकाको एक नम्बर वार्डमा १५६ जना संक्रिय सदस्य रहेका छन ।
हाल कांग्रेसको अधिवेशन किन पनि महत्वपुर्ण छ भने अवको ७ महिनाभित्रै आउन लागेको स्थानीय तहको निर्वाचनमा टिकट विचरण , उम्मेद्धारी घोषणा लगायातमा यहि समितिको वोलवाला हुने भएकोले समेत कनकाईमा कांग्रेसलाई चुनाव लागिसकेको छ । यस अघि नेकपा एमालेसग नराम्ररी पराजय भोगेको कांग्रेस तीन चिरा भएको नेकपालाई नराम्ररी पराजित गरेर ५ बर्षको पराजयको वदला लिन चाहन्छ जसकारण पनि कांग्रेसलाई सबैको सर्वमान्य नेतृत्व छान्न सकस परेको छ । यसअघि कांग्रेसको कनकाईमा दुई धु्रवविच नगर समितिमा कडा टक्कर हुने देखिएको छ ।
झापामा जिल्ला स्तरमा समेत सिटौला प्यानल र विश्वप्रकाश शर्मा प्यानलविच कडा टक्कर हुने देखिएको छ ।यसको असर कनकाईमा समेत परिसकेको छ ।
वडा नम्बर एकमा अर्का प्रतिस्पर्धीका रुपमा पुराना कांग्रेसका नेता टेकनाथ लुइटेलको उम्मेद्धारी पर्ने सम्भावना रहेको बताइएको छ ।