कनकाई अनलाईन
झापा । भुमिहिन, सुकुम्बासीले जग्गा धनीपुर्जा प्राप्ति गर्ने प्रक्रियामा पुनः अल्झन आउन सक्ने देखिएको भन्दै झापा क्षेत्र नम्बर ४ का सांसद लालप्रसाद साँबाले यस्तो नर्गन शत्तापक्षसग आग्रह गर्नुभएको छ ।
साँवाको निर्वाचन क्षेत्रको कनकाई नगरपालिका, शिवसताक्षी र झापा गाउँपालिकामा सुकुम्वासीको ठुलो समस्या रहेको छ ।
कनकाई नगरपालिकाकामा सुकुम्वासी समस्याका लागि आधा भन्दा वढी काम समेत अगाडि वढिसकेको छ ।
सरकार परिवर्तन भए सँगै पुर्जा वितरणमा राजनीति हुने सम्भावना बढेको भन्दै सांसदले चिन्ता व्याक्त गर्नुभएको हो । निवर्तमान केपी शर्मा ओलीको सरकारले भुमिहिनका समस्या समाधान गर्न देशव्यापी रुपमा भुमी सम्बन्धि समस्या समाधान आयोग गठन गरेर कार्य अगाडी बढाएको थियो तर ओली सरकारले गरेका विभिन्न आयोग र विभिन्न मुलुकका राजदुतहरु समेत वर्तमान सरकारले वदर गरिसकेको छ । एमाले नेतृत्वको सरकारले आफ्ना कार्यकर्ता देवि ज्ञवालीको नेतृत्वमा तथा प्राय देशका सबै जिल्लामा समेत आफुअनुकुलको भुमि आयोग गठन गरेको थियो । वर्तमान सरकारले सबै आयोग खारेज गर्ने भएसगै भुमि सवन्धि काममा असर पर्ने भन्दै सांसद साँवाले चिन्ता प्रकट गर्नुभएको हो ।
आयोगमा नेकपा एमाले समर्थक प्रविधिक र विशेषज्ञ कार्यकर्ताको बाहुल्यता छ । एमाले कार्यकर्ताले गर्ने कामको जस आफ्नो हातमा नपर्ने भन्दै देउवा सरकारले आफु अनुकुलको आयोग र जिल्लामा समेत छुट्टै आयोग बनाउने निश्चित छ । सामान्यत जुन पार्टीको भुमि मन्त्रालय पर्छ उसैले यी मन्त्रालयमा आयोग नियुक्ति गर्ने प्रचलन छ । यसो गर्दा आजसम्म आयोगले गरेका काम कार्वाही प्रभावित हुनु नहुने सांसद साँवाको माग छ । यसअघि भुमि आयोगका अध्यक्ष देवि ज्ञवालीले समेत आफुले हलो नअड्काउने भन्दै काम प्रभावित नपार्न सरकारसमक्ष आग्रह गरिसक्नुभएको छ ।
वि.सं.२०४६– ४७ सालको जनआन्दोलन पश्चात बनेका सरकारले पटक पटक ताकेता गरे पनि पुर्जा वितरणमा अवरोध आउने इतिहास छ ।
यसै सन्दर्भलाई लिएर झापाली सांसद एल पी साँवा लिम्बुले पुर्जा वितरण कार्यमा भाँजो नहाल्न सरकारलाई आग्रह गरेका हुन ।
यस विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै सांसद साँवाले लेखेका छन्, “धेरै लामो समयको प्रयत्न पछि नेकपाको सरकारले लालपुर्जा प्राप्त नगरेकाहरुको लागि लालपुर्जा बितरणको कार्य गर्न भुमी सम्बन्धि समस्या समाधान आयोग गठन भएको छ । झापा जिल्लामा समेत बनेको र लालपुर्जा बितरणको प्रक्रियामा रहेकोछ । केही समाचार माध्यमले आयोगको खारेजी को न्युज प्रसारण भईरहदा मेरो गम्भीर ध्यानाकर्षण भएको छ।लालपुर्जा प्राप्ति गर्ने प्रकृया कुनै पनि राजनितीक कारणले रोकिनु हुन्न भन्ने मेरो अनुरोध छ ।“ सांसद साँबाको यस भनाईमा प्राय सबै झापावाशीले समेत समर्थन जनाएर प्रतिक्रिया दिएका छन ।