कनकाई अनलाईन
वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगीले वीरगञ्जस्थित नारायणी अस्पतालमा निर्माण भइरहेको अटोमेटिक अक्सिजन प्लान्टको अनुगमन गर्नुभएको छ ।
पर्सा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य विमल श्रीवास्तवको संसदीय कोषको रकमबाट वीरगञ्जस्थित नारायणी अस्पतालमा निमार्णाधीन अटोमेटिक अक्सिजन प्लान्टको वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख सरावगीसहितको टोलीले अनुगमन गर्नुभएको हो ।
अनुगमनका क्रममा वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख सरावगीले निमार्णाधीन अटोमेटिक अक्सिजन प्लान्ट अन्र्तगतका वायरिंग तथा पाईप जडानका लागि नगरस्तरीय कोषको ५० लाख सहयोग गर्ने जनाउनुभएको छ ।
अस्पतालले दिने सेवासहित अस्पतालको आकस्मिक कक्षको पनि नगरप्रमुख सरावगी अनुगमन गर्नुभएको थियो । नगरप्रमुख सरावगीले अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा। वीरेन्द्रबहादुर प्रधानलाई अस्पतालले दिने सेवालाई चुस्त र दुरुस्त बनाउन निर्देशन दिनुभएको नगरप्रमुख सरावगीका स्वकीय सचिव पिन्टु उपाध्ययले बताउनुभयो ।
अनुगमन टोलीमा नगरप्रमुखसहित वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिपकुमार निरौला, सांसद विमल श्रीवास्तवका स्वकीय सचिव चन्दन मिश्रालगायतको सहभागिता रहेको थियो ।
Trending
- माता तिर्थ औंशीमा आमालाई दिने उपहार तयार गर्दै कन्चन ज्योतिका बिध्यार्थी
- चट्याङ र करेन्ट लागेर झापामा २ को मृत्यु
- सुरुङ्गा प्रहरी लागुऔषध सचेतनामा निरन्तर
- झापामा धमाधम हात्तीपाईका र रोगी फेला पर्दै
- झापामा एक बर्षमा १४१ बर्ष कैद सजाय
- कनकाई माविको पिडा मालपोत तिर्न १० लाख बाकी जग्गा कमाउनेले दिदैनन एक गेडा मकै
- सवारी दुर्घटना बढेपछि स्कुल चालकलाई तालिम
- ट्रयाक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु