कनकाई अनलाईन
बिर्तामोड । झापा भद्रपुर–८ का युवा अर्पण शर्माले गिनिज बुक अफ वल्र्ड रेकर्डमा नयाँ किर्तिमानका लागि दावी पेश गर्ने भएका छन् । मेमोरि किङका रुपमा चिनिएका शर्माले यसअघि सन २०१५ मा गिनिज बुक अफ वल्र्ड रेकर्ड बनाएका थिए ।
आज झापाको बिर्तामोडस्थित सिद्धार्थ होटलमा पत्रकार सम्मेलन गर्दै शर्माले नयाँ किर्तिमानका लागि तयारी गरेको जानकारी दिए । उनले असार २६ गते भद्रपुरस्थित विरेन्द्र माविमा १ मिनेटमा ८३ वस्तुको स्मरण गरेका थिए । सो प्रस्तुतिका आधारमा उनले गिनिज बुकमा दावी गर्ने बताएका छन् ।
विश्व रेकर्डमा हाल सम्म १ मिनेटमा ५४ वस्तुको स्मरण गरेर गिनिज बुकमा नाम लेखाई सकिएको छ । सोहि किर्तिमानलाई शर्माले ताड्दै १ मिनेटमा ८३ वस्तुको स्मरण गरिएको छ । इलाका प्रहरी कार्यालय अनारमनीका डीएसपी सन्तोष आचार्यको आतिथ्यतामा पत्रकार सम्मेलन सम्पन्न गरिएको छ ।