Kanakai Online

नियम विपरित विद्युत महशुलमा हर्जना लगाइएको आरोप


शनिवार, साउन २, २०७८ |

भद्रपुर, २ साउन । नेपाल विद्युत प्राधिकरण भद्रपुर प्रशारण केन्द्रले बन्दाबन्दीको समयमा समेत उपभोक्ताबाट चर्को हर्जना असुलेको उपभोक्ताको आरोप छ ।

२०७८ बैशाखयता मिटर रिडिङमा समेत कर्मचारी नपठाएको केन्द्रले सरकारको निर्देशन विपरित महशुल तिर्दा ढिलो भएको आरोपमा ३० प्रतिशत माथि जरिवाना भन्दै हर्जना असुलेको पीडित उपभोक्ताले आरोप लगाएका हुन् ।

उपभोक्ता मोहन पोखरेलका अनुसार बैशाखयता विद्युत कर्मचारी मिटर रिडिङमा नआएपछि महशुल तिर्न असारको अन्तिम साता प्राधिकरणको कार्यालय भद्रपुरमा जाँदा ढिलो भएको भन्दै ३० प्रतिशत बढी हर्जना तिर्नु परेको जानकारी दिए ।

उनका अनुसार इ सेवा लगायत बैकिङ अनलाइन महशुल तिर्ने उपभोक्तामाथि पनि विगतको फाइन भन्दै अतिरिक्त महशुल जोडेर प्राधिकरणले तिर्न बाकी सूचिमा राखेको पाइएको छ ।

यता सरकारी निर्णय अनुसार विद्युत महशुलमा २० प्रतिशतसम्म छुट दिने निर्णय कार्यान्वयन नभएको समेत नियमित महशुल बुझाइरहेका ग्राहकको गुनासो छ ।