शरणामती,साउन १। झापा गाउँपालिका-६ को चन्द्रकित्ता यति खेर जलमग्न छ।यहाँका करिव १० घर धुरी परिवार प्रत्येक वर्षामा जलमग्न हुने गरेका छन।यसरी डुबान हुनुको कारण खोला नभएर कनकाई नगरपालिका-५ हनुमान चौक सम्म निर्माण भएको बाटोको ड्रेन हो।कनकाईमा बिकास भएको बाटो संगै आएको ड्रेनको मुख झापा गाउँपालिका सिमामा ल्याएर छोडिदिदाँ यहाँका बासिन्दा डुबानको प्रकोपमा परेका छन।
कनकाईले पुर्वाधार विकासका क्रममा हनुमान चौक देखि सुरुङ्गा जाने बाटो स्तनोत्तरी गर्दै बाटोको छेउँ-छेउँमा ड्रेन निर्माण गरेको छ।तर उक्त ड्रेनको पानीको कुनै निकासै नदिई त्यतिकै छोडेको छ।’पानीको निकास नदिई यसरी छोडिदाँ यहाँ अलिकती पानी पर्ने बित्तिकै झापा गाउँपालिकाका बासीन्दा डुबानमा हुने गरेको अगुवा बालकृष्ण सिटौलाले बताए ‘म दैनीक यही बाटो आवतजावत गर्छु,पानी परेको बेला घुँडा घुँडा पानी हुन्छ।` यसको निराकरणका कनकाई नगरपालिका नै जिम्वेवार हुनु पर्नेमा सिटौलाले जोड दिए।
सानो पानी आउने बित्तिकै ड्रेनबाट खोलो नै बग्ने गरेको स्थानिय इन्द्र डाँगीले बताए ‘ड्रेनको पानीको भेलले घर ग्वाली सबै डुब्छ।’हामीले सम्बन्धित निकायमा पहल समेत गरेका छौ,यो पानीको निकास दिइने प्रतिवद्दता छ डाँगीले भने ´फोहोर मैला सहितको पानीको भेल आउँछ।’ यता आफ्नो घरमा घुँडा घुँडा सम्म पानी हुने गरेको स्थानीय गंगा कड्डेल बताउछिन।
यता यस विषयमा झापा-६ का जनप्रतिनिधि मोहन प्रसाद पोखरेलले वडाध्यक्ष सहितको टोलीले सम्बन्धित डुबान क्षेत्रको पटक-पटक अनुगमन गरेको बताएका छन।’हामीले त्यहाँका सरोकारवाला संग पनि कुरा राख्यौं,कनकाई नगरपालिका संग पनि समन्वय गरिरहेका छौं,पालिका स्तरिय बैठकमा समेत यस कुरामा कुरा भएको छ’ पोखरेलले भने ‘यस समस्याको सावधान अब छिटै हुनेछ।’
यता यस विषयमा कनकाई-५ का वडाध्यक्ष कृष्ण बहादुर राईले बाटोको ड्रेनमा कुद्ने पानीको निकास दिन आफुहरुले पटक पटक कोसिस गरेको बताए।’हामीले धेरै पटक कोसिस गरेऊँ,ड्रेनको पानी माई खोला र नजिकैको होलीमा हाल्ने भनेउँ तर झापा गाउँपालिकाकै स्थानिय मान्नु भएन,विवादका विच कसरी काम गर्ने?अझै पनि झापा गाउँपालिकाका वासिन्दा मिलेर आउनु हुन्छ भने हामी सकरात्मक छौं राईले भने ‘पछिल्लो पटक त्यहाँका जनप्रतिनिधि संग पनि समन्वय भइरहेको छ त्यहाँका उपभोक्तामा मिलाप भयो भने हामी पानीको निकास बनाउन चुक्दैनौ।’


