कनकाई अनलाईन
कनकाई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहनप्रसाद न्यौपाने सम्मानित हुनुभएको छ ।
कनकाई नगरपालिकाको आर्थिक बर्ष २०७८÷७९ को निति तथा कार्यक्रम तथा बजेट सार्वजनिकरण कार्यक्रममा प्रदेश सांसद हिराकुमार थापा, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख मन्जु प्रसाईले सम्मानपत्र, दोसल्ला सहित सम्मान गर्नुभयो ।
उहाँलाई कनकाई नगरपालिकाको कार्यसम्पादनमा उत्कृष्ट कार्य गर्न सक्षम भएको र नेपाल सरकारले कनकाई नगरपालिकालाई उत्कृष्ट नगरपालिका घोषणा गर्दा प्रमुख प्रशासकिय अधिकृत लगायातको कनकाई नगरपालिकाको कर्मचारी टीमले समेत सक्दो मद्धत पुर्याएको भन्दै कनकाई नगरपालिकाले सम्मान गरेको हो । न्यौपाने जिल्ला प्रशाशन कार्यालय इलामबाट सरुवा भई कनकाईमा एक बर्षदेखि रहनुभएको छ ।
Trending
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा
- बैँकमा ढुङ्गा हान्ने, दुर्गा प्रसाईका युवा समर्थक पक्राउ
- विश्व रेडक्रस दिवशमा सुरुङ्गामा भवन उदघाटन सहित दाता सम्मान
- बिर्तामोडमा एक महिलाको लुटपाट पछि विभत्स हत्या