कनकाई अनलाईन
झापाको भद्रपुरमा शुक्रवार भएको सवारी दुर्घटनामा परी दुईजनाको ज्यान गएको छ भने एकजना घाईते भएका छन् ।
ट्राफिक प्रहरी कार्यालय भद्रपुका अनुसार घाईतेको अवस्था गम्भीर छ । प्रहरीका अनुसार ज्ञानेचोकबाट वनियानीतर्फ गईरहेको मे १ त २८२१ नम्वरको ट्याक्टर र दक्षिणबाट उत्तरतर्फ आउदै गरेको मे १ ह ६४१ नम्वरकोटेम्पो एकआपसमा ठोक्किएर दुर्घटना भएको थियो । भद्रपुर – १ सगरमाथा चोकको ओरालोमा दिउसो साढे २ बजे भएको दुर्घटनामा परेर भद्रपुर–१ हिमाली चोक निवासी ३८ वर्षीया छविमाया लिम्बू र सोहि ठाउँका करिव ४० वर्षीय डम्वरबहादुर लिम्वुको मृत्यु भएको ट्रफिक प्रहरी कार्यालय भद्रपुरका ट्राफिक प्रहरी दिलीप राईले जानकारी दिनुभयो । छविमायाको घटनास्थलमा र डम्वरबहादुरको उपचारका क्रममा ओमसाई पाथीभरा अस्पताल भद्रपुरमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।अर्का घाईते टेम्पोमा सवार सोहि ठाउँका ४२ वर्षीय वीरबहादुर लिम्वुको उपचार भईरहेको छ । दुवै सवारी साधन प्रहरी चौकी पृथ्वीनगरको नियन्त्रणमा छ ।
Trending
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा
- बैँकमा ढुङ्गा हान्ने, दुर्गा प्रसाईका युवा समर्थक पक्राउ
- विश्व रेडक्रस दिवशमा सुरुङ्गामा भवन उदघाटन सहित दाता सम्मान
- बिर्तामोडमा एक महिलाको लुटपाट पछि विभत्स हत्या
- झापामा ६३ प्रतिशतले खाए हात्ती पाईलेको औषधि
- कनकाईमा हात्ती पाईलेको औषधि खुवाउने अभियान सफल
- झापामा ८५८ हतियारलाई इजाजत,१३० वटामात्र नविकरण
- माता तिर्थ औंशीमा आमालाई दिने उपहार तयार गर्दै कन्चन ज्योतिका बिध्यार्थी