कनकाई अनलाईन
स्वास्थ्यका क्षेत्रबाट कोरोना महामारी लगायातका वेला प्रदेशभरनै महत्वपुर्ण भुमिका निभाएको भन्दै कनकाई नगरपालिकाले स्वास्थ्य तथा आपुर्ति व्यवस्थापन केन्द्र प्रदेश नं. १ का प्रमुख शम्भू शाहलाई सम्मान गरेको छ ।
झापा कनकाई नगरपालिका ३ निवासी शाहलाई आफ्नो गृह नगर कनकाईको आर्थिक बर्ष २०७८/०७९ को निति तथा कार्यक्रम तथा बजेट सार्बजनिकरण कार्यक्रममा प्रदेश सांसद हिराकुमार थापा, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेल, उपप्रमुख मन्जु प्रसाई र प्रमुख प्रशासकिय अधिकृत मोहनप्रसाद न्यौपानेले विशेष सम्मान गर्नुभएको हो । शाहले यस कनकाई नगरपालिकालाइ कोरोनाको विषम परिस्थितिमा पिसिआर ल्याब, तथा अस्पताललाई बेड, पिपिइ, मास्क, ग्लोभ, सेनिटाइजर, अक्सिजन सिलिन्डर लगायतका सामाग्री सहयोग गर्नुभएको थियो ।
Trending
- चारतला माथिबाट खसेर मजदुरको मृत्यु
- खोलामा पानीको बहाव बढेसगै काठ चोरी तस्करी सुरु
- नगर बाहिरका पत्रकारलाई मोटो रकम दिएको भन्दै कनकाईका पत्रकार आन्दोलित
- सुरुङ्गामा करेन्ट लागि एक महिलाको मृत्यु
- झापा गाउँपालिकामा रात्रीकालिन चौथो अध्यक्ष कप भलिवल प्रतियोगिता हुने
- झापा गाउँपालिकाका कक्षा ९ मा अध्यानरत् सबै विद्यार्थीलाई साईकल
- विर्तामोड युनाइटेडलाई भीमनारायण गोल्डकप उपाधि
- गोरु तस्करीको ट्रान्जिट बन्दै झापा