Kanakai Online

गौरादहकी संगीता मृत अवस्थामा फेला,श्रीमान फरार


बिहिवार, असार ३१, २०७८ |

युबराज रेग्मी
झापा,असार ३१
। झापाको गौरादह नगरपालिका वडा न १ गेउरियामा एक महिला मृतावस्थामा फेला परेकी छन् । 

गेउरिया चोक नजिकै अन्दाजी ३९ बर्षिय सङ्गीता टुडु मृतावस्थामा फेला परेको इलाका प्रहरी कार्यालय दमकका  इन्स्पेक्टर अनिल माबोहाङले जानकारी दिएका छन् । 

प्रहरीका अनुसार बुधवार बेलुका श्रीमान् श्रीमती बिच झगडा भएको र हाल श्रीमान् फरार रहेकाले श्रीमानले नै सङ्गीताको हत्या गरेको हुनसक्ने माबोहाङले बताए । 

हाल घटनाको विषयमा इलाका प्रहरी कार्यालय दमकले अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।