झापा । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले झापामा १० लाख ५६ हजार मृत्युु दाबी भुक्तानी गरेको छ । शिवसताक्षी नगरपालिका ५ जनता चोक निवासी मृतक प्रमिला ठाकुरको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको हो ।
कम्पनीका सहायक महाप्रबन्धक तथा प्रदेश १ का प्रमुख भुपराज पराजुलीले मृतकका श्रीमान श्यामानन्द राजबंशीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको सुरुङ्गा शाखाका प्रमुख नारायण थापाले बताए । बुधबार मृतकको घरमा कार्यक्रम आयोजना गरि सो रकम हस्तान्तरण गरिएको उनले जानकारी दिए । पराजुलीले निषेधाज्ञाका बाबजुतपनि समय मै भुक्तानी दिन पाएको बताए । कार्यक्रममा वडाध्यक्ष सत्यनारायण राजबंशीले बिमाको महत्व बारे बोल्दै प्रत्येक नागरिकले बिमा गर्नु पर्ने बताए । मृतककी श्रीमान राजबंशीले समय मै कम्पनीले रकम भुक्तानी गरेकाले कम्पनिप्रतिको बिश्वसनियता बढेको भन्दै धन्यबाद दिए ।
एक बर्ष अघि मृतक ठाकुरले १० लाख रुपैयाँको बिमा गरेको र दुईटा पृमियम बापत करिब १ लाख रुपैयाँ बुझाएको शाखा प्रमुख थापाले जानकारी दिए । ४५ बर्षीया ठाकुरको गत बैशाख २६ गते कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।