Kanakai Online

संविधान जोगियो भन्दै सुरुङ्गामा दिप प्रज्जलन


बुधवार, असार ३०, २०७८ |

कनकाई अनलाईन
कनकाई नगरपालिका सुरुङ्गास्थित गणतन्त्र चौकमा संवैधानिक पुर्नवहाली र ओली प्रवृतिको हार भएको भन्दै युवा विद्यार्थीहरुले दिप प्रज्जलन गरेका छन ।


नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारी कनकाईको नेतृत्वमा सुरुङ्गा गणतन्त्र चौकमा दिप प्रज्जल गरि खुसीयाली मनाइएको हो । युवा हरुले सबैधानिक व्यावस्थाको पुर्नवहाली भएको दिनमा दिप प्रज्जलन गरेको अखिल क्रान्तिकारीका नेता उत्सव वास्तोलाले बताउँनुभयो ।
दिप प्रज्जलनमा नेविसंघका जिल्ला अध्यक्ष राजेन्द्र उप्रेती, वाइसिएल कनकाई अध्यक्ष हिमाल बिष्ट, अखिल क्रान्तिकारीका युवा नेता प्रदिप उप्रेतीको समेत सहभागिता थियो । नेविसंघका जिल्ला नेता सुरज उप्रेतीको संचालनमा भएको कार्यक्रममा नेविसंघका जिल्ला सहसचिव अशोक पाठक, अखिल क्रान्तिकारीका जिल्लाका पुर्व कोषाध्यक्ष नविन सिटौला, नेविसंघका जिल्ला सदस्य उदित दाहाल लगायातका विद्यार्थी नेताले यो देशले कहिल्यै ओली युगमा प्रवेश नगरोस र संविधानको रक्षा होस भन्दै आफ्ना नेताहरुलाई ओलीको बाटोमा नहिडन खबरदारी समेत गरेका थिए । प्रधानमन्त्री देउवाले सपथ लिएपछि विद्यार्थीले दिप प्रज्जलन गरेका हुन ।

सम्बन्धित खबर