जनआस्थाबाट
बुधबार साँझ एमाले विवाद सल्ट्याउन भन्दै कार्यदलको पहलमा होटल मेरियटमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच झण्डै दुई घण्टा वार्ता भयो । वार्तामा दोस्रो पुस्ताका नेताहरूसमेत हुनुहुन्थ्यो ।
शुरुमा अध्यक्ष ओली र नेता नेपाल मात्र भेट हुँदा सञ्चो बिसञ्चोको औपचारिकता भएको बताइन्छ । त्यहि क्रममा नेपालले आफूलाई भुँडी र अगाडिको भागमा जनै खटिराजस्तो पानीसरा आएको बताएपछि प्रधानमन्त्रीले ‘खै खै’ भन्दै नेपालको पेट हेर्न खोज्नुभएको हो ।
उहाँले पानीसराको औषधि बताउँदै नेपाललाई सुझाउनुभयो ‘कालो तिल आफैँले चपाएर थपकथपक लगाइदिनुहोला । तिल चपाउँदा पनि आनन्द आउँछ । चपाउँदै मसिनो पार्दै त्यो लेप लगाइदिनुहोस् । त्यसरी लगाउँदा सँगसँगै पोलिरहेको पानीसरा,फोका,त्यो जीलजील गर्ने फोकाहरू समाप्त हुन्छ र बिस्तारै केही घण्टाभित्र सुक्छ ।’