केशब चापागाईं झापा,असार २४।झापा गाउँपालिका-१ स्थित सन्थालबस्ती।सानो माई र ठूलो माईको बिचमा बसेको बस्ती।यहाँ ८४ घरपरिवार सन्थाल बस्छन।ठुलो कनकाई नदीको उच्चबहाव बढेका बेला यो बस्ती बर्सेनि डुबानमा पर्ने गरेको छ।
यो बस्ती डुबानमा पर्दा सुरक्षाकर्मीले डुङ्गाको प्रयोग गरेर यहाँका मानिसलाई सुरक्षित स्थान तर्फ लाने गरेका छन। बिगतका सालझै यसपाली पनि समस्या उस्तै भयो।फरक यति हो यसपाली भने अहिले सम्म कोही बिस्थापित हुनु परेन ‘बिहिबार राती ३ बजे निर्माणाधिन तटबन्धनको फेद देखि कनकाई नदीको पानी पसेर दिउँसो १ बजे सम्म ८४ घरपरिवारका घर डुबायो ‘स्थानिय माझी मुर्मुले बताए’ अहिले बेलुका भने स्थिती सामान्य छ।’निर्माणाधिन तटबन्धन पनि पूरा भएको छैन अपुरो तटबन्धन छेउ बाटै खोलाको भंगालो पस्यो माझीले भने।
‘ बुधबार देखि परेको अबिरल वर्षाका कारण कनकाई नदीमा पानीको बहाव एकैचोटी ह्वात्तै बढेर आयो एकछिन त के गरौं कसो गरौं भयो।’स्थानिय अगुवा रण बहादुर लिम्बु भन्छन ‘मेरो चार फिट अग्लो पसल माथी समेत पानी पुग्यो।’सशस्त्र प्रहरी बल टाघनडुब्बा बिओपी र इलाका प्रहरी कार्यालय कुमरखोदको टोली समेत उद्दारमा तैनाथ थियो अलिकती साहस भयो।’ यसरी अचानक डुबान भएको यो पहिलो क्षण भन्दै लिम्बूले त्रास व्यक्त गरे।
यता बिहिबार ३ बजे पसेको डुबान वर्षा रोकिएपछी दिउँसो एक बजे डुबानको स्थिती सामान्य बनिसकेको छ।सशस्त्र प्रहरी निरिक्षक सचिन प्रधानले बताए ‘महत्वपूर्ण सरसामान सुरक्षित स्थानमा सारिएको छ।हामी उच्च सतर्कताका साथ बसेका छौ।’



