सरोज अधिकारी
झापाली सरमान गिरी (६८) हङकङमा वि.स २०१० मा जन्मीएका हुन । लामो समय झापालाई कर्मथलो बनाएका यीनै सरमान गिरी २०७० साल देखि भने आफ्नै पुर्खाको गाउँ ट्याम्के मयुर गाउककंपालीका ३ पुगेर चिसा खेतीमा रमिरहेका छन । उनी चियाका बुट्टाहरुमा भविष्यका सुनौला दिनहरुका कल्पना गर्दै ईलामका विभिन्न ठाउँका चिया कृषकहरु सङ्ग लामो समय परामर्स लिएर भारतको दार्जिलिङ पुगेर चिया सङ्ग सम्बन्धित बिभिन्न तालिमहरु लिएर आफुलाई दक्ष कृषक बनाई एक बर्षको तालीम अवििध समेत चियाकै बुट्टाहरुमै पुरा गर्नुभएको छ गिरीले । हाल भोजपुर गएर २०७१ सालमा जमिन खरिद गरेर ईलाम देखी चियाका वेर्नाहरु भोजपुर पुर्याई चिया खेतीको सुरुवात गर्नुभएका सरमान गिरी आज भोजपुरका एक सफल चिया व्यवसायीमा दरिनुभएको छ । आज गिरीको साथमा गरस चिया उद्योग नामको फर्म दर्ता गरेर आफ्नै निजी फ्याक्ट्री राख्न पनि सफल हुनुभएको छ भोजपुरमा गिरीले । गिरीलाई फ्याक्ट्री राख्नका लागि प्रदेश सरकार भुमि व्यवस्था, कृषी तथा सहकारी मन्त्रालय बिराटनगर बाट अनुदान पनी प्राप्त भएको छ ।
अहिले गरस चिया उद्योगले आफ्नै प्याकेजिङ्मा आफ्नै ब्रान्डको चिया नेपाली बजारमा बिक्री गर्दै आएको छ । चिया बजारमा यो चिया विभिन्न सुपरमार्केट एवम अनलाईन सपिङमा समेत विभिन्न मुल्य र तौलमा उपलब्ध रहेको छ ।
गिरीको चिया उडान यात्रा यतिमा मात्रै सिमित रहेन गरस चिया उद्योगले निशुल्क चिया खेती सङ्ग सम्बन्धीत तालीम र परामर्स दिदै कृषकलाई चिया अभियानमा जोड्दै पनि आएको छ । भने कृषकलाई न्युन मुल्य लिएर चियाका वेर्नाहरु समेत उपलब्ध गराउदै आएको छ । चिया एउटा नगदेबाली हो र यसबाट कृषकले राम्रो आम्दानी लिन सक्छन चिया खेती हजुरबुबाले रोपेमा पलाती पुस्तासम्मले उत्पादन लिन सक्छन भनेको एक पटक रोपी सकेपछी ७०÷८० बर्ष सम्म आम्दानी मात्र लिन सकिन्छ भनेर भोजपुरवासी हरुलाई बुझाउन सफल हुदै आउनुभएको छ झापाली गिरीले गिरी लगायातको भुमिकाबाटै आज भोजपुरको विभिन्न स्थानहरुमा ठाउहरुमा चिया खेतीमा भविष्य खोजीरहेका छन कृषकहरु ।
उहाका अनुसार अब चाडैनै ईलामको जस्तै चिया बारीमा फोटो खीच्ने र स–परिवार मनोरन्जनका लागी आउने दिनपनि टाडा नभएको सपना देखिरहनुभएको छ गिरी । गिरीकै लगानीमा भोजपुरमा फन पार्क र रिसोर्टपनि चाडैनै सन्चालनमा ल्याउने तयारीमा रहनुभएको छ उहाँ । भोजपुरलाई चिया उत्पादन क्षेत्र र थप पर्यटकिय क्षेत्र बनाउने महान योजनामा जुटनुभएका पौरखी चिया कृषक झापाली सरमानहरुको पौरख र योगदानलाई कनकाई अनलाईन परिवार उच्च सम्मान प्रकट गर्दछ ।