कनकाई अनलाईन
नेकपा एमाले माध नेपाल समूहको भेलाले भद्रपुर नगरकमिटीमा लोकनाथ भटराईको नेतृत्वमा १२१ सदस्य नगरसमिति निर्माण गरेको छ ।
नव गठित कमिटीमा उपाध्यक्षमा मिना पराजुली, देविप्रसाद अधिकारी र देउधन राई रहेका छन् भने सचिवमा सानुकुमार लामा उपसचिव मुना खवास, हेडम्वराज निरौला, डिनलाल राजवंशी र गोकुल ढकाल रहेका छन् भने नगरका हरेक वडाबाट १० जनाका दरले नगर सदस्य छनौट गरिएको छ ।
भद्रपुर नगरपालिकाकी उपप्रमुख चन्द्रमाया श्रेष्ठको अध्यक्षता तथा केन्द्रीय सदस्य एवम झापा जिल्ला इन्चार्ज रविन कोईरालाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रदेश कमिटी सदस्यहरू दुर्गा भट्टराई, श्रिमन नारायण पौडेल र तारा रुचालले मन्तव्य राखेको कार्यक्रमको संचालन जिल्ला कमिटी सदस्य निकास पाण्डे (खिलनाथ) ले गरेका थिए ।