Kanakai Online

झापा र गौरीगञ्ज गाउँपालिकाका ३५ घर डुबानमा , श्रेष्ठको घर भत्कियो, तटबन्ध कटान


शनिवार, असार १९, २०७८ |

कनकाई अनलाईन
झापामा शनिबार एकैदिन ३५ घर डुबानमा परेका छन् । बिरिङमा आएको बाढीले झापा गाउँपालिका ५ खयरबारिका २० घर डुवानमा परेका हुन् । बिरिङले त्यहाँ बाध फुटाउने क्रम जारी राखेको छ । आसपासको गाउँ उच्च जोखिममा परेको रेडक्रस झापा सभापति लोकराज ढकालले बताए। झापाका एक दर्जन बढी खोला तथा नदीमा पानीको बहाब बढिरहेको छ । जिल्लाका दक्षिणी क्षेत्रका प्रायः सबै गाउँ जल्मग्न भएका छन् ।

कनकाइमाई र स्थानीय बनियानी खोलाको बाढीले गौरीगञ्ज गाउँपालिका १ आमडाँगीका १५ घर डुबानमा परेका छन् । वडाध्यक्ष कार्तिकलाल राजवंशीले कमल, बनियानी र माइमा आएको बाढीले जटिल समस्या सिर्जना गर्न सक्ने बताए । कमल गाउँपालिका ७ को झर्काबाट रतुवा खोला गौरादह नगरपालिका ५ बालुबथान तर्फ पस्ने लागेपछि स्थानीय त्रसित भएका छन् । त्यसैगरी शिवसताक्षी नगरपालिका ५भेलामुनीमा कनकाइको बाढीले जनताको तटबन्धले निर्माण गरेको बाँध कटान सुरु गरेको । उक्त बाँध भत्कियो भने नगरको रिङरोड, दुई वटा सामुदायिक विद्यालय, दुई वटा मन्दिर र ४८ वटा घर जोखिममा पार्ने वडाध्यक्ष सत्यनारायण राजवंशीले बताए ।

निरन्तरको वर्षाका कारण भद्रपुर नगरपालिका क्षेत्रका अधिकांश सडक तथा बस्ती डुबानमा परेका छन् । पानीको निकास नहुँदा अधिकांश बस्ती र सडक डुवानमा परेको हो। भद्रपुर नगरक्षेत्रमा सघन सहरी विकास तथा नगर कोष मार्फत निर्माण गरिएका सडकको नाली बाट पानी कारण बस्तीमा पस्ने गरेको छ।सडक डुवानमा पर्दा आवत जावतमा समस्या भइरहेको स्थानीयले बताएका छन् । त्यसैगरी अर्जुनधारा नगरपालिका २ का जगत श्रेष्ठको घर पानीले लडाएको छ । त्यसको क्षतिको विवरण भने आउन बाँकी छ ।

सम्बन्धित खबर