Kanakai Online

प्रसिद्ध साहित्यकार तेराखको निधन


बुधवार, असार १६, २०७८ |

कनकाई अनलाईन
प्रसिद्ध साहित्यकार तेजराज खतिवडा (तेराख)को निधन भएको छ ।

श्वास प्रश्वास, फोक्सो र ढाडको समस्या भएपछि उपचारका लागि उहाँलाई विराटनगरको विराट नर्सिङ होममा तीन दिन अघि भर्ना गरिएको थियो ।

उपचारको क्रममै उहाँको आज बुधवार अपरान्ह साढे एक बजे निधन भएको उहाँका छोरा लेखनाथ खतिवडाले बताउँनुभएको छ । ७८ बर्षिय तेराख मेचीनगर नगरपालिका ९ मा बसोबास गर्दै आउँनुभएको थियो । उहाँको कोरोना रिर्पोट भने नेगेटिभ आइसकेको पारिवारिक स्रोतले जनाएको छ । उहाँ पुर्वकै लोकप्रिय साहित्यकार रहनुभएको थियो । तेजराज खतिवडा नाम भएपनि उहाँ तेराख नामले देशमा प्रख्यात रहनुभएको थियो ।