Kanakai Online

झापा गाउँपालिका अस्थायी आइसोलेसन लाई अक्सिजन कन्सेन्टेटर सहयोग


सोमवार, असार १४, २०७८ |

शरणामती,असार १४।गैर आवासीय नेपाली संघ अष्ट्रेलियाले झापाको झापा गाउँपालिकामा रहेको अस्थायी आइसोलेसनलाई एक थान अक्सिजन कन्सेन्टेटर प्रदान गरेको छ।संघले सोमबार झापा-६ मा बनाइएको कोभिड आइसोलेसनलाई कन्सेन्टेटर प्रदान गरेको हो।

कन्सेन्टेटर वितरणमा सम्वन्यकारी भुमिका खेलेको नेकपा(एमाले) झापा गाउँपालिकाले एक विशेष कार्यक्रमका बिच आइसोलेसनलाई कन्सेन्टेटर प्रदान गरेको वडा सदस्य मोहन पोखरेलले बताए। अन्दाजी ५० हजार रुपैयाँ भन्दा बढी मूल्य पर्ने उक्त कन्सेन्टेटरले एकै पटक दुई जना सम्म कोभिड संक्रमित बिरामीलाई अक्सिजन आपुर्ती गर्न सकिने स्वास्थ्य साखा प्रमुख लक्ष्मण बिश्वकर्माले बताए।

वितरण कार्यक्रममा पालिका उपप्रमुख कुन्तीदेवी बुढाथोकी,वडाध्यक्षहरु हरिबहादुर बानियाँ,नेत्रप्रसाद उप्रेती,वडा सदस्यहरु कुमार ओली,हेमा राई साथै गोमा बराल,लिलाराज पोखरेल,अन्जु थपलिया,लक्ष्मी उप्रेती,मोहन घिमिरे,भक्त बहादुर बानियाँ,देवीमायाँ कोइराला लगायत्को उपस्थिती रहेको थियो।

सम्बन्धित खबर