Kanakai Online

पानीमा डुबी २ बर्षीय बालकको मृत्यु


आइतवार, असार १३, २०७८ |

झापा, असार-१३ गते ।झापा गौरादह नगरपालिका ४ मैदानघुपा का गोपाल भट्टराईको छोरा २ बर्षीय संयोग भट्टराई पैनीमा डुबी मृत्यु भएको छ ।

हिजो बेलुका साढे ६ बजे घर अगाडी पैनीमा खेल्ने क्रममा अचानक डुबी घाइते भई उपचारको लागी उनकै बुबाआमाले गौरादह स्थित ममता मेडिकलमा ल्याई उपचार गर्ने क्रममा मृत्यु भएको थियो ।घटनाको जानकारी पाए लगतै ईलाका प्रहरी कार्यालय दमकबाट प्रहरी टोली खटि गई थप अनुसन्धान भईरहेको छ ।